यूहन्‍ना 5:5-9

यूहन्‍ना 5:5-9 NCV

त्यहाँ एक जना मानिस थियो, जो अठतीस वर्षदेखिको पक्षघातको रोगी थियो। जब येशूले त्यसलाई त्यहाँ पस्रिएको देख्नुभयो र त्यो लामो समयदेखि त्यस अवस्थामा रहेछ भनी थाहा पाउनुभयो, तब उहाँले त्यसलाई सोध्नुभयो, “के तिमी निको हुन चाहन्छौ?” त्यस रोगीले भन्यो, “हजुर, पानी छचल्काइँदा मलाई पोखरीमा हालिदिन सहायता गर्ने कोही पनि छैन। म पस्‍ने कोसिस गर्दागर्दै अर्को मान्छे मभन्दा अगाडि पसिहाल्छ।” त्यसपछि येशूले त्यसलाई भन्‍नुभयो, “उठ! तिम्रो ओछ्यान उठाऊ, र हिँड।” तुरुन्तै त्यो मानिस निको भयो, र आफ्नो ओछ्यान उठाएर हिँड्यो। यो घटना भएको दिन शब्बाथ थियो।

यूहन्‍ना 5 पढ्नुहोस्