यूहन्‍ना 19:34-37

यूहन्‍ना 19:34-37 NCV

तैपनि एक जना सिपाहीले चाहिँ भालाले उहाँको कोखामा घोच्यो, र त्यहाँबाट तुरुन्तै रगत र पानी निस्क्यो। यो देख्ने मान्छेले आफ्नो साक्षी दिएको छ, र उसको साक्षी सत्य छ। साँच्‍चै बोल्दछु भनी उसले जानेकोले तिमीहरूले पनि विश्‍वास गर्न सक भनेर आफ्नो साक्षी उसले यसरी दिएको हो। “उहाँको एउटै हड्डी पनि भाँचिनेछैन” भन्‍ने धर्मशास्त्रको वचन पूरा होस् भनेर यी कुराहरू हुन आएको हो। अनि फेरि अर्को ठाउँमा धर्मशास्त्रले भन्दछ, “जसले उहाँलाई घोचेका थिए, तिनीहरूले उहाँलाई हेर्नेछन्।”

यूहन्‍ना 19 पढ्नुहोस्

यूहन्‍ना 19:34-37 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति