याकोब 2:22-26

याकोब 2:22-26 NCV

तिमी देख्दछौ, तिनको विश्‍वास र काम एकसाथ मिलेर काम गर्दैथिए, र तिनले जे गरे, त्यसबाट तिनको विश्‍वास पूरा भयो। “अब्राहामले परमेश्‍वरमाथि विश्‍वास गरे, र यो उनको निम्ति धार्मिकता गनियो” भन्‍ने पवित्र धर्मशास्त्र पूरा भयो; र तिनी परमेश्‍वरका मित्र कहलिए। तिमीहरू देख्छौ, विश्‍वासले मात्र होइन, तर मानिसले जे गर्छ, त्यसबाट ऊ धर्मी ठहरिन्छ। यस्तै किसिमले राहाब वेश्या पनि, जब तिनले ती जासुसहरूलाई आश्रय दिएर अर्को दिशातिर पठाइदिइन्, तब के तिनी कामबाट धर्मी ठहरिएकी थिइनन् र? जसरी शरीर आत्माविना मरेतुल्य हुन्छ, त्यसरी नै विश्‍वास पनि कामविना मरेतुल्य हुन्छ।