याकूब 2:22-26 - Compare All Versions
याकूब 2:22-26 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
तिमी देख्तछौ, कि तिनका कामहरू सँगसँगै विश्वास क्रियाशील थियो, र कामद्वारा नै विश्वास पूर्ण भएको थियो। पवित्रधर्मशास्त्रको यसो भन्ने वचन पूरा भयो, “अब्राहामले परमेश्वरमा विश्वास गरे, र यो उनको निम्ति धार्मिकता गनियो,” र उनी परमेश्वरका मित्र कहलिए। तिमीहरू देख्तछौ कि कामद्वारा मानिस धर्मी ठहरिँदोरहेछ, विश्वासद्वारा मात्र होइन। त्यसै गरी राहाब वेश्याले पनि, जब तिनले गुप्तचरहरूलाई सत्कार गरेर अर्कै बाटो पठाइदिइन्, तब कामहरूबाट तिनी धर्मी ठहरिएकी होइनन् र? जसरी शरीर आत्मादेखि अलग हुँदा मरेको हुन्छ, त्यसै गरी विश्वास पनि कामहरूदेखि अलग हुँदा मरेको हुन्छ।
याकूब 2:22-26 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
उनको विश्वास र काम सँगसँगै नारिए अनि उनका कामहरूद्वारा कसरी उनको विश्वास पूरा भयो, सो तिमीहरू देख्दैनौ? अब्राहामले परमेश्वरमाथि विश्वास गरे अनि त्यही विश्वासले गर्दा उनी परमेश्वरको अघि ठीक ठहरिए भनेर धर्मशास्त्रले भनेको कुरा पूरा भयो। यसरी अब्राहाम परमेश्वरका मित्र हुन् भनी भनिएको छ। अब बुझ्यौ? विश्वासले मात्रै होइन तर उसले गरेको कामद्वारा मानिस परमेश्वरको अघि ठीक ठहरिन्छ। वेश्या राहाबलाई नै विचार गर, कसरी उनी आफ्नो कामद्वारा परमेश्वरको सामु ठीक भइन्। सुराक लिन जाने इस्राएलीहरूलाई लुकाएर र अर्को बाटोमा पठाएर उनले बचाइन्। जसरी प्राणबिना शरीर मरेको हुन्छ, त्यसरी नै कामबिना विश्वास मरेको हुन्छ।
याकूब 2:22-26 NERV (पवित्र बाइबल)
यसर्थ, तिमीहरू देख्छौ कि अब्राहामले विश्वास गरे अनि उनले गरेका कुराहरूको साथ साथ काम गरे। उनको कर्मले देखायो कि उनको विश्वास पूर्ण थियो। यसैले धर्मशास्त्रको अर्थ स्पष्ट झल्काउँछ “अब्राहामले परमेश्वरमाथि विश्वास गरे अनि परमेश्वरले अब्राहामको विश्वास स्वीकार गर्नु भयो अनि परमेश्वरले अब्राहामलाई धार्मिक मान्नु भयो।” अब्राहामलाई “परमेश्वरको मित्र मानिन्थ्यो।” यसरी तिमीहरूले देख्छौ कि एक मानिस उसले गरेका कर्मद्वारा परमेश्वरसित सही बन्दछ अनि उसको विश्वासबाट मात्र होइन। अर्को उदाहरण छ राहाब। राहाब एक वेश्या थिइन्। तर उनको कर्मको कारणले, जब तिनले गुप्तचरहरू लुकाइन् अनि तिनीहरूलाई अर्कै बाटोबाट उम्कन सहायता गरिन्, परमेश्वरको अघि तिनी धार्मिक देखिइन्। आत्मा विनाको शरीर मृततुल्य हो। विश्वासको मूल्य पनि यस्तै हो। विश्वास जसले केही गर्दैन त्यो मृत-तुल्य हो।
याकूब 2:22-26 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमी देख्दछौ, तिनको विश्वास र काम एकसाथ मिलेर काम गर्दैथिए, र तिनले जे गरे, त्यसबाट तिनको विश्वास पूरा भयो। “अब्राहामले परमेश्वरमाथि विश्वास गरे, र यो उनको निम्ति धार्मिकता गनियो” भन्ने पवित्र धर्मशास्त्र पूरा भयो; र तिनी परमेश्वरका मित्र कहलिए। तिमीहरू देख्छौ, विश्वासले मात्र होइन, तर मानिसले जे गर्छ, त्यसबाट ऊ धर्मी ठहरिन्छ। यस्तै किसिमले राहाब वेश्या पनि, जब तिनले ती जासुसहरूलाई आश्रय दिएर अर्को दिशातिर पठाइदिइन्, तब के तिनी कामबाट धर्मी ठहरिएकी थिइनन् र? जसरी शरीर आत्माविना मरेतुल्य हुन्छ, त्यसरी नै विश्वास पनि कामविना मरेतुल्य हुन्छ।