याहवेह परमेश्वरले पूर्वपट्टि भएको अदनमा एउटा बगैँचा लगाउनुभएको थियो; अनि आफूले बनाउनुभएको मानिसलाई उहाँले त्यहाँ राख्नुभयो। अनि याहवेह परमेश्वरले भूमिबाट सबै किसिमका रूखहरू, अर्थात् हेर्नमा राम्रो र खानलाई असल रूखहरू उमार्नुभयो। अनि बगैँचाको बीचमा जीवनको रूख, साथै असल र खराबको ज्ञान दिने रूख पनि लगाउनुभयो। बगैँचालाई भिजाउनका निम्ति एउटा नदी अदनबाट बहन्थ्यो; त्यो त्यहाँबाट छुट्टिएर चार वटा शाखामा बाँडिएको थियो। पहिलो नदीको नाम पीशोन हो, जो हवीलाको समस्त मुलुक हुँदै बग्दछ, जहाँ सुन पाइन्छ। (त्यस देशको सुन असल हुन्छ। त्यहाँ बास्ना आउने खोटो र गोमेद पनि पाइन्छन्।) दोस्रो नदीको नाम गीहोन हो, जो कूशको समस्त मुलुक भएर बग्दछ। तेस्रो नदीको नाम टाइग्रिस हो, जो अश्शूरको पूर्वतिर हुँदै बग्दछ; अनि चौथो नदीचाहिँ यूफ्रेटिस हो। याहवेह परमेश्वरले मानिसलाई लगेर अदनको बगैँचामा काम गर्न र त्यसको हेरचाह गर्नका निम्ति त्यहाँ राख्नुभयो। अनि याहवेह परमेश्वरले मानिसलाई यसो भनेर आज्ञा दिनुभयो, “यस बगैँचामा भएका कुनै पनि रूखहरूबाट खान तँ स्वतन्त्र छस्; तर असल र खराबको ज्ञान दिने रूखको फलचाहिँ तैँले खाँदै नखानू! किनकि जुन दिन तैँले त्यो फल खान्छस्, तँ निश्चय नै मर्नेछस्।”
उत्पत्ति 2 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: उत्पत्ति 2:8-17
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू