उत्पत्ति 17:15-17

उत्पत्ति 17:15-17 NCV

परमेश्‍वरले अब्राहामलाई यो पनि भन्‍नुभयो, “तेरी पत्नी साराईको विषयमा चाहिँ, तैँले त्यसलाई अब उसो साराई भनेर नबोलाउनू; तर त्यसको नाम सारा हुनेछ। म त्यसलाई आशिष् दिनेछु, र म निश्‍चय तँलाई त्यसबाट एउटा छोरा दिनेछु। म त्यसलाई आशिष् दिनेछु, र त्यो धेरै जातिकी आमा हुनेछे; त्यसबाट जाति-जातिका राजाहरू उत्पन्‍न हुनेछन्।” तब अब्राहाम भुइँमा घोप्टो परे; अनि हाँसेर मनमनै भने, “के एक सय वर्ष पुगेको मानिसको पनि छोरा जन्मला र? के नब्बे वर्ष पुगेकी साराले पनि बच्‍चा जन्माउलिन् र?”

उत्पत्ति 17 पढ्नुहोस्