उत्पत्ति 17:15-17
उत्पत्ति 17:15-17 NNRV
फेरि परमेश्वरले अब्राहामलाई भन्नुभयो, “तेरी पत्नी साराईलाई चाहिँ अबदेखि साराई नाउँले नबोलाउनू, तर त्यसको नाउँ सारा हुनेछ। म त्यसलाई आशिष् दिनेछु, र निश्चय नै त्यसबाट म तँलाई एक जना छोरो दिनेछु। म त्यसलाई आशिष् दिनेछु, र त्यो धेरै जातिहरूकी आमा हुनेछे। जाति-जातिहरूका राजाहरू त्यसबाट उत्पन्न हुनेछन्।” तब अब्राहाम घोप्टो परी मनमनै हाँसेर भने, “के सय वर्ष पुगिसकेकोलाई सन्तान होला? नब्बे वर्ष पुगेकी साराले बालक जन्माउलिन् र?”

