उत्पत्ति 17:1-8

उत्पत्ति 17:1-8 NCV

अब्राम उनान्सय वर्ष पुग्दा याहवेह तिनीकहाँ प्रकट हुनुभयो र भन्‍नुभयो, “म सर्वशक्तिमान् परमेश्‍वर हुँ; विश्‍वासयोग्य र निर्दोष भएर मेरो अगि हिँड्। अनि म मेरो करार तेरो र मेरो बीचमा बाँध्नेछु, र तेरा सन्तानहरूलाई अत्यन्तै बढाउनेछु।” त्यसपछि अब्राम घोप्टो परे; तब परमेश्‍वरले तिनलाई भन्‍नुभयो, “हेर्, मेरो करार तँसित यही हुनेछ, तँ धेरै जातिहरूका पिता हुनेछस्। अब उसो तँलाई अब्राम भनिनेछैन; तर तेरो नाम अब्राहाम हुनेछ; किनकि मैले तँलाई धेरै जातिहरूका पिता तुल्याएको छु। म तँलाई धेरै फलवन्त बनाउनेछु; अनि तँबाट नै जाति-जातिहरू बनाउनेछु, र तँबाट राजाहरू निस्कनेछन्। म मेरो करारलाई तेरो र मेरो, र तँपछिका तेरा सन्तानहरूको बीचमा आउने पुस्ताका निम्ति अनन्तको करार स्थापित गर्नेछु। अनि म तँ र तँपछि आउने तेरो सन्तानका परमेश्‍वर हुनेछु। तँ र तेरा पछिका सन्तानहरूलाई अहिले तँ प्रवासी भएर बसेको सम्पूर्ण कनान देश, अनन्तको सम्पत्तिको रूपमा दिनेछु; र म तिनीहरूका परमेश्‍वर हुनेछु।”

उत्पत्ति 17 पढ्नुहोस्