अब्राम उनान्सय वर्षको हुँदा परमप्रभुले उनलाई दर्शन दिएर भन्नुभयो, “म सर्वशक्तिमान् परमेश्वर हुँ। मेरो आज्ञा मान् र सधैँ जे ठीक छ, त्यो गर्। म तँसित करार बाँध्नेछु र धेरै सन्तानहरू तँलाई दिनेछु।” अब्रामले निहुरेर भूइँ छोए अनि परमेश्वरले भन्नुभयो, “म तँसँग यो करार बाँध्छु। म करार गर्दछु कि तँ धेरै-धेरै जातिहरूका पुर्खा हुनेछस्। अब उसो तेरो नाम अब्राम होइन तर ‘अब्राहाम’ हुनेछ किनभने म तँलाई धेरै जातिहरूका पुर्खा बनाउँदै छु। म तँलाई धेरै सन्तान दिनेछु, तीमध्ये कतिजना राजा हुनेछन्। तेरा यति धेरै सन्तानहरू हुनेछन् कि तीबाट धेरै जातिहरू बनिनेछन्। “मैले तँसित, तेरा सन्तान र आउँदा वंशहरूसित गरेको यो करार सदाकालको लागि करार बनाइराख्नेछु। म तँ र तेरा सन्तानका परमेश्वर हुनेछु। म तँलाई र तेरा वंशलाई यो देश दिनेछु, जुन देशमा तँ अहिले परदेशी छस्। सारा कनान देश सधैँभरिको लागि तेरा सन्तानको हुनेछ र म तिनीहरूका परमेश्वर हुनेछु।”
उत्पत्ति 17 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: उत्पत्ति 17:1-8
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू