गलाती 5:13-18

गलाती 5:13-18 NCV

मेरा दाजुभाइ-दिदीबहिनीहरू हो, तिमीहरू स्वतन्त्र हुन बोलाइएका हौ; तर तिमीहरूको स्वतन्त्रतालाई शारीरिक स्वभावका निम्ति प्रयोग नगर, बरु प्रेममा एउटाले अर्कोको नम्रतासाथ सेवा गर। किनकि सम्पूर्ण व्यवस्था यही एउटै आज्ञामा पूरा भएको छ: “तिमीले आफ्नो छिमेकीलाई आफूलाई झैँ प्रेम गर।” तर यदि तिमीहरू एक-अर्कालाई टोक्ने र निल्ने गर्छौ भने होसियार होओ, नत्रता तिमीहरू एक-अर्काबाटै नष्‍ट हुनेछौँ। यसकारण म भन्दछु, पवित्र आत्माको नियन्त्रणमा हिँड, र तिमीहरू शरीरको पापमय स्वभावको लालसामा नपर; किनकि पापमय स्वभावले परमेश्‍वरको आत्माको विरुद्ध चाहना गर्दछ; अनि परमेश्‍वरको आत्माले शारीरिक स्वभावको विरुद्धमा। तिनीहरू एक-अर्काको विरुद्धमा हुन्छन्, ताकि तिमीहरूले जे गर्न चाहन्छौ, त्यो तिमीहरूले गर्न नसक। यसैकारण तिमीहरूले जे गर्न चाहन्छौ, त्यो तिमीहरूले नगर। तर यदि तिमीहरू परमेश्‍वरको आत्माद्वारा डोर्‍याइएका हौ भने तिमीहरू व्यवस्थाको अधीनमा हुँदैनौ।

गलाती 5 पढ्नुहोस्