एफिसी 6
6
1हे छोराछोरीहरू हो, प्रभुमा आफ्ना आमाबुबाको आज्ञापालन गर; किनकि यो उचित छ। 2“आफ्ना बुबा र आमाको आदर गर।” यो प्रतिज्ञासहितको पहिलो आज्ञा हो, 3“ताकि तिमीहरूको भलो होस् र पृथ्वीमा तिमीहरू दीर्घायु भएर बाँच्न सक।”#6:3 व्यव 5:16
4हे बुबाहरू#6:4 अथवा अभिभावकहरू हो, आफ्ना छोराछोरीहरूलाई रिस नउठाओ, बरु तिनीहरूलाई प्रभुको अनुशासन र शिक्षामा हुर्काओ।
5हे सेवकहरू हो, ख्रीष्टको आज्ञापालन गरेझैँ तिमीहरूले संसारका आफ्ना मालिकहरूको आदर, भय र हृदयको इमानदारीतासाथ आज्ञापालन गर। 6केवल उनीहरूलाई खुशी पार्ने हेतुले उनीहरूका आँखा अगाडि मात्र होइन, तर ख्रीष्टका सेवकहरूझैँ तिमीहरूका हृदयदेखि नै परमेश्वरको इच्छा पूरा गर्दै उनीहरूको आज्ञापालन गर। 7तिमीहरूले मानिसको सेवा गरेझैँ होइन, तर प्रभुको सेवा गरेझैँ, सम्पूर्ण हृदयले सेवा गर। 8किनकि तिमीहरू जान्दछौ, हरेक मानिसले जे असल कार्य गर्दछ, त्यही अनुसारको पुरस्कार प्रभुले त्यसलाई दिनुहुन्छ, चाहे तिनीहरू सेवक हुन् या फुक्का हुन्।
9हे मालिकहरू हो, तिमीहरूले पनि आफ्ना सेवकहरूसँग त्यस्तै व्यवहार गर। तिनीहरूलाई धम्की नदेओ; किनकि तिमी जान्दछौ, तिमीहरू दुवैका मालिक स्वर्गमा हुनुहुन्छ, र उहाँमा कुनै पक्षपात हुँदैन।
परमेश्वरका हातहतियार
10अन्त्यमा प्रभुमा र उहाँको शक्तिशाली सामर्थ्यमा बलिया होओ। 11परमेश्वरका सारा हातहतियार धारण गर, ताकि तिमीहरू शैतानका युक्तिहरूको विरुद्धमा खडा हुन सक। 12किनकि हाम्रो लडाइँ मानिसहरूका#6:12 मूल भाषामा शरीर र रगत विरुद्धमा होइन, तर शासकहरूका विरुद्ध, अधिकारीहरूका विरुद्ध, संसारका अन्धकारका शक्तिहरूका विरुद्ध र स्वर्गीय स्थानहरूमा दुष्टताको आत्मिकी सेनाहरूका विरुद्ध हो। 13यसकारण परमेश्वरका सारा हातहतियार धारण गर; ताकि खराब समयमा आफ्ना शत्रुलाई प्रतिकार गर्न सक। तब युद्धपछि पनि तिमी स्थिर भई खडा हुन सक्नेछौ। 14यसकारण कम्मर सत्यताको पेटीले बाँध, र धार्मिकताको छाती-पाता लगाएर खडा होओ; 15अनि खुट्टामा शान्तिको सुसमाचारको तयारीको जुत्ता लगाओ। 16यी सबै कुराबाहेक विश्वासको ढाल हातमा उठाओ, जसबाट तिमीले शैतानका सबै अग्निवाणहरू निभाउन सक्नेछौ। 17शिरमा मुक्तिको टोप लगाओ र हातमा आत्माको तरवार लेओ, जोचाहिँ परमेश्वरको वचन हो।
18अनि सबै अवस्थाहरूमा, सबै प्रकारका निवेदन र अन्तर्बिन्तीसहित आत्मामा प्रार्थना गरिबस। यी कुरालाई मनमा राखी सचेत भएर सबै प्रभुका सन्तहरूका निम्ति सधैँ प्रार्थना गर। 19मेरा निम्ति पनि प्रार्थना गर, कि जब म बोल्छु, तब सुसमाचारको रहस्य साहससँग भन्न मलाई शब्दहरू दिइयोस्, 20जसको लागि म साङ्लाहरूमा बाँधिएको एक राजदूत हुँ। मैले जसरी बोल्नुपर्ने हो, त्यसरी नै म विनाडर घोषणा गर्न सकूँ।
अन्तिम अभिवादन
21तुखिकस, जो हाम्रो प्यारो भाइ र प्रभुमा विश्वासयोग्य सेवक हुन्, तिनले तिमीहरूलाई सबै कुरा भन्नेछन्; र तिमीहरूले मेरा सबै अवस्थाबारे जान्नेछौ। 22मैले तिनलाई यही विशेष उद्देश्यले तिमीहरूकहाँ पठाएको छु, कि हाम्रो हालचाल कस्तो छ भनी तिमीहरूले जान्न सक, र तिनले तिमीहरूलाई उत्साहित गराऊन्।
23दाजुभाइ-दिदीबहिनीहरूलाई परमेश्वर पिता र प्रभु येशू ख्रीष्टबाट विश्वाससहितको प्रेम र शान्ति मिलोस्!
24हाम्रा प्रभु येशू ख्रीष्टलाई अमर प्रेमले प्रेम गर्नेहरू सबैमा अनुग्रह रहोस्!
अहिले सेलेक्ट गरिएको:
एफिसी 6: NCV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.
अनुमतिसहित प्रयोग गरिएको छ।
सम्पूर्ण अधिकार विश्वव्यापी रूपमा सुरक्षित रहनेछ।
Holy Bible, Nepali Contemporary Version
Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Used with permission. All rights reserved worldwide.