एफिसी 3:1-7
एफिसी 3:1-7 NCV
यसैकारण म पावल, तिमी गैरयहूदीहरूका निम्ति ख्रीष्ट येशूको कैदी हुँ— तिमीहरूका निम्ति मलाई परमेश्वरको अनुग्रहको व्यवस्थापन दिइएको बारेमा तिमीहरूले पक्कै सुनेका छौ। जुन प्रकाशद्वारा त्यो रहस्य मलाई प्रकट गरिएको थियो; जसको बारेमा मैले छोटकरीमा लेखिसकेको छु। तिमीहरूले जब यो पढ्नेछौ, ख्रीष्टको रहस्यबारे मेरो अन्तर्दृष्टि बुझ्नेछौ। जुन कुरा अगाडिको पुस्ताका मानिसहरूलाई प्रकट गरिएको थिएन, तर अहिले परमेश्वरका पवित्र प्रेरितहरू र अगमवक्ताहरूलाई आत्माद्वारा प्रकट भएको छ। यो रहस्य के हो भने सुसमाचारमा विश्वास गरेर गैरयहूदीहरू पनि इस्राएलसँगै उत्तराधिकारी, एउटै शरीरका सदस्य, र ख्रीष्ट येशूमा भएको प्रतिज्ञामा साझेदार हुन्छन्। परमेश्वरको शक्तिको कामअनुसार मलाई दिइएको उहाँको अनुग्रहको वरदानद्वारा म यस सुसमाचारको सेवक बनिएँ।

