एफिसी 3:1-7
एफिसी 3:1-7 NNRV
यसैकारण म पावल, तिमी अन्यजातिहरूका पक्षमा ख्रीष्ट येशूको कैदी— तिमीहरूका निम्ति मलाई सुम्पिएको परमेश्वरका अनुग्रहको जिम्मेवारीको विषयमा तिमीहरूले पनि सुनेका छौ भन्ने मलाई लागेको छ। जुनचाहिँ प्रकाशद्वारा मलाई थाहा गराइएको रहस्य हो। जसको विषयमा मैले तिमीहरूलाई अघिबाटै छोटकरीमा लेखेको पनि थिएँ। जब तिमीहरू यो पढ्छौ, ख्रीष्टको रहस्यबारे मेरो आन्तरिक समझ के छ, सो तिमीहरू बुझ्न सक्छौ। जुन कुरा उहाँका पवित्र प्रेरितहरू र अगमवक्ताहरूलाई पवित्र आत्माद्वारा अहिले प्रकट भएको छ, त्यो अरू पुस्ताका मानिसहरूलाई जनाइएको थिएन, अर्थात् सुसमाचारद्वारा नै अन्यजातिहरू सह-उत्तराधिकारीहरू हुन्, एउटै शरीरका अङ्गहरू र ख्रीष्ट येशूमा रहेको प्रतिज्ञाका साझेदार हुन्। उहाँका शक्तिको कार्यअनुसार मलाई दिइएका परमेश्वरको त्यस अनुग्रहको वरदानबमोजिम यस सुसमाचारको म सेवक बनाइएको थिएँ।

