एफिसी 2:1-4
एफिसी 2:1-4 NCV
तिमीहरू आफ्ना अपराधहरू र पापहरूमा मरेका थियौ, जुन पापहरूमा तिमीहरू जिउने गर्दथ्यौ; जब तिमीहरू यस संसारको मार्गअनुसार र आकाशको राज्यको शासकअनुसार पछ्याउँथ्यौ, अहिले त्यो आत्माले अनाज्ञाकारीहरूका जीवनमा काम गरिरहेको छ। हामीहरू सबै पनि एक समयमा तिनीहरूजस्तै हाम्रा शारीरिक लालसाहरू पूरा गर्दै यसका अभिलाषाहरू र विचारहरूलाई पछ्याउँदै तिनीहरूका बीचमा जिउने गर्दथ्यौँ; अनि बाँकी मानिसहरूजस्तै हामीहरू पनि स्वभावैले क्रोधका सन्तान थियौँ। तर कृपाका धनी परमेश्वरले हामीप्रतिको उहाँको महान् प्रेमका कारण

