एफिसी 2:1-4

एफिसी 2:1-4 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

तिमीहरू आफ्‍ना अपराध र पापहरूद्वारा मरेको बेलामा उहाँले तिमीहरूलाई जीवित पार्नुभयो। यिनैमा यस संसारको रीतिअनुसार र आकाशको शक्तिको मालिकअनुसार, अनाज्ञाकारिताका सन्‍तानमा अहिले काम गर्ने आत्‍माअनुसार तिमीहरू अघि एक पल्‍ट चल्‍दैथियौ। तिनीमध्‍ये हामी सबै पनि शरीर र मनका इच्‍छा पूरा गरेर आफ्‍नो पापमय स्‍वभावका लालसामा अघि जिउँथ्‍यौं, र बाँकी मानिसजस्‍तै हामी स्‍वभावैले क्रोधका सन्‍तान थियौं। तर परमेश्‍वर, जो कृपामा धनी हुनुहुन्‍छ, उहाँले आफ्‍नो महान्‌ प्रेमद्वारा हामीलाई प्रेम गर्नुभयो

शेयर गर्नुहोस्
एफिसी 2 पढ्नुहोस्

एफिसी 2:1-4 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

तिमीहरू आफ्ना अपराधहरू र पापहरूमा मरेका थियौ, जुन पापहरूमा तिमीहरू जिउने गर्दथ्यौ; जब तिमीहरू यस संसारको मार्गअनुसार र आकाशको राज्यको शासकअनुसार पछ्याउँथ्यौ, अहिले त्यो आत्माले अनाज्ञाकारीहरूका जीवनमा काम गरिरहेको छ। हामीहरू सबै पनि एक समयमा तिनीहरूजस्तै हाम्रा शारीरिक लालसाहरू पूरा गर्दै यसका अभिलाषाहरू र विचारहरूलाई पछ्याउँदै तिनीहरूका बीचमा जिउने गर्दथ्यौँ; अनि बाँकी मानिसहरूजस्तै हामीहरू पनि स्वभावैले क्रोधका सन्तान थियौँ। तर कृपाका धनी परमेश्‍वरले हामीप्रतिको उहाँको महान् प्रेमका कारण

शेयर गर्नुहोस्
एफिसी 2 पढ्नुहोस्

एफिसी 2:1-4 पवित्र बाइबल (NERV)

बितेका दिनहरूमा आफ्ना पापहरू र परमेश्वर विरोधी कर्महरूले गर्दा तिमीहरूका आत्मिक जीवन मृत थियो। हो पनि, अघि तिमीहरू त्यस्तै पापहरूमा बसेका थियौ। तिमीहरू सांसारिक मानिसहरू झैं बाँचिरहेका थियौ। तिमीहरूले वायु मण्डलको दुष्ट शक्तिहरूको शासकलाई पछ्यायौ। अझै पनि परमेश्वरलाई नमान्नेहरूमा त्यही आत्माले काम गर्दैछ। गएका दिनहरूमा हामीहरू सबै पनि ती मानिसहरू जस्तै बाँचेका थियौं। हामी आफ्नो पापमय प्रकृतिलाई खुशी पार्ने कोशिशमा थियौं। हाम्रा प्रवृत्ति र मनले चाहे अनुसार नै हामी सब कुरो गर्थ्यौं। हामी दुष्ट मानिस थियौं। हामी जुन प्रकारले बसेका थियौं हाम्रो पापले गर्दा त हामीले परमेश्वरको क्रोध भोग्नै पर्ने थियो। हामी अरू जस्तै थियौ। तर परमेश्वको कृपा महान छ अनि परमेश्वरले हामीलाई अति नै माया गर्नुहुन्छ।

शेयर गर्नुहोस्
एफिसी 2 पढ्नुहोस्

एफिसी 2:1-4 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

आफ्‍नो अट्टेरीपन र पापको कारणले तिमीहरू आत्‍मिक रूपमा मरेतुल्‍य थियौ। त्‍यस समय तिमीहरू संसारकै पापी चालमा चल्‍दथ्‍यौ। तिमीहरूले आकाशका शक्तिका मालिकलाई मान्‍दथ्‍यौ। त्‍यसले परमेश्‍वरलाई नमान्‍ने मानिसहरूलाई अहिले आफ्‍नो वशमा राखेको छ। हामी पनि एकपल्‍ट तिनीहरूजस्‍तै थियौं र आफ्‍नै शारीरिक स्‍वभावका इच्‍छामा लागेका थियौं र आफ्‍ना शारीरिक स्‍वभाव र मनले इच्‍छा गरेका कुरामा नै हिंड्दथ्‍यौं। हाम्रो आफ्‍नै स्‍वभावमा त अरूहरूजस्‍तै हामीले पनि परमेश्‍वरको रिसमा पर्नुपर्ने थियो। तर परमेश्‍वरले हामीलाई असाध्‍यै माया र ठूलो दया गर्नुभयो।

शेयर गर्नुहोस्
एफिसी 2 पढ्नुहोस्