एफिसी 1:15-19

एफिसी 1:15-19 NCV

त्यसैले जबदेखि मैले प्रभु येशूमा तिमीहरूको विश्‍वास र सबै सन्तप्रति तिमीहरूको प्रेमको बारेमा सुनेँ, मैले तिमीहरूलाई प्रार्थनामा सम्झना गर्दै तिमीहरूका निम्ति धन्यवाद दिन छोडेको छैनँ। मैले यही बिन्ती गरिरहेको छु, कि हाम्रा प्रभु येशू ख्रीष्‍टका परमेश्‍वर, महिमाका पिताले तिमीहरूलाई बुद्धि र प्रकाशको आत्मा देऊन्, ताकि तिमीहरूले उहाँलाई अझ राम्रोसँग जान्‍न सक। म प्रार्थना गर्दछु, तिमीहरूका हृदयका आँखा खोलिऊन्, जुन आशाको निम्ति उहाँले तिमीहरूलाई बोलाउनुभयो, जुनचाहिँ उहाँका सन्तहरूका महिमित उत्तराधिकारको सम्पत्ति हो, सो तिमीहरूले जान्‍न सक। म यो पनि प्रार्थना गर्दछु, परमेश्‍वरको शक्तिको अतुलनीय महानता, जो उहाँमा विश्‍वास गर्ने हामीहरूका निम्ति हो, तिमीहरूले बुझ्न सक। यो शक्ति महान् सामर्थ्य हो

एफिसी 1 पढ्नुहोस्