उपदेशक 1:8-11

उपदेशक 1:8-11 NCV

सबै थोक विरक्तलाग्दा छन्, कसैले ती वर्णन गर्न सक्दैन। देखेर आँखा कहिल्यै सन्तुष्‍ट हुँदैन; न त सुनेर कान तृप्‍त हुन्छ। जे भएको थियो, त्यही फेरि हुनेछ; जे गरिएको थियो, फेरि त्यही गरिनेछ; सूर्यमुनि कुनै कुरा नयाँ छैन। के कुनै कुरो यस्तो छ, जसबारे कसैले भन्‍न सक्छ, “हेर! योचाहिँ नयाँ कुरा हो?” त्यो धेरै पहिलेदेखि नै यहाँ थियो, हाम्रो समयभन्दा पनि धेरै पहिलेदेखि। विगतका पुस्ताहरूलाई कसैले सम्झनेछैन, र आउनेवालाहरूलाई पनि कसैले सम्झनेछैन; त्यसपछि आउनेहरूले पनि सम्झना गर्नेछैनन्।

उपदेशक 1 पढ्नुहोस्