दानिएल 10:1-6

दानिएल 10:1-6 NCV

परसीयाका राजा कोरेसको शासनकालको तेस्रो वर्षमा, दानिएललाई (जसलाई बेलतसजर भनिन्छ) एउटा दर्शन दिइयो। यस दर्शनको सन्देश सत्य थियो, र त्यो एउटा ठूलो युद्धसँग सम्बन्धित थियो। तिनले त्यस सन्देशको अर्थ दर्शनमा पाए। त्यस बेला म, दानिएलले तीन हप्‍तासम्म शोक गरिरहेँ। मैले कुनै पनि मिठो भोजन खाइनँ; मासु अथवा दाखमद्य मेरो मुखमा परेन; अनि मैले तीन हप्‍ता नबितेसम्म कुनै पनि तेल प्रयोग गरिनँ। पहिलो महिनाको चौबीसौँ दिनमा, म महानदी टाइग्रिसको किनारमा उभिरहेको थिएँ; मैले मास्तिर हेरेँ; अनि मेरो सामु सुती कपडा लगाएका र कम्मरमा निखुर सुनको पटुका बाँधेका एक जना मानिस थिए। तिनको शरीर पीतमणिजस्तो, तिनको अनुहार बिजुलीजस्तो चम्किलो, तिनका आँखाहरू आगोका राँकाहरूजस्ता, तिनका पाखुराहरू र खुट्टाहरू टल्काइएको काँसाजस्तो चम्किलो र तिनको आवाज धेरै मानिसहरूका भीडको आवाजजस्तै थियो।

दानिएल 10 पढ्नुहोस्