प्रेरित 20:7-12

प्रेरित 20:7-12 NCV

हप्‍ताको पहिलो दिन हामी रोटी भाँच्नलाई भेला भयौँ। ती सबैलाई पावलले प्रचार गरे। अनि भोलिपल्ट त्यो सहर छोड्ने तिनको विचार भएकोले आधा रातसम्म ती मानिसहरूसँग तिनले कुराकानी गरिरहे। हामी भेला भएको माथिल्‍लो तलाको कोठामा धेरै बत्तीहरू थिए। त्यस कोठाको झ्यालमा युटिकस नामको एक जना युवक बसिरहेको थियो। जब पावलले लामो समयसम्म वचन बोलिरहेका थिए, तब त्यो युवक गहिरो निद्रामा पर्‍यो; अनि त्यो तीन तलामाथिबाट तल भुइँमा खस्यो र मानिसहरू त्यसलाई उठाउन पुग्दा मरिसकेको अवस्थामा पाए। तब पावल तल गए, र त्यस मानिसमाथि घोप्टो परेर अङ्कमाल हाल्दै भने, “तपाईंहरू नआत्तिनुहोस्, यिनी जीवितै छन्।” त्यसपछि तिनी फेरि माथि उक्ले, र रोटी भाँचेर खाए। उज्यालो नहोउन्जेल बोल्दैरहे; अनि तिनी त्यहाँबाट बिदा भए। ती मानिसहरूले त्यस केटालाई जीवित अवस्थामा नै घर लगे, र ठूलो सान्त्वना पाए।

प्रेरित 20 पढ्नुहोस्

प्रेरित 20:7-12 को लागि भिडियो