प्रेरित 20:1-6

प्रेरित 20:1-6 NCV

जब सहरमा खैलाबैला शान्त भयो, तब पावलले चेलाहरूलाई बोलाए र तिनीहरूलाई उत्साह दिए। अनि तिनीहरूबाट बिदा भएर म्यासिडोनियातिर गए। मानिसहरूलाई उत्साहका वचनहरू बोल्दै उनले त्यस क्षेत्रको यात्रा गरेर अन्त्यमा ग्रीसमा गए। त्यहाँ तिनी तीन महिनासम्म बसे। तिनी जहाजबाट सिरियातिर जान लागेकै बेलामा यहूदीहरूले उनको विरुद्धमा षड्यन्त्र रचेको तिनले थाहा पाएर म्यासिडोनिया हुँदै फर्कने निर्णय गरे। उनका साथमा बेरिया निवासी पुरसका छोरा सोपात्रोस, थेसलोनिकीबाट अरिस्तार्खस र सिकन्दस, डर्बीका गायस, र तिमोथी र एशियाका तुखिकस र त्रोफिमस गए। ती मानिसहरू हामीभन्दा अगि गएर त्रोआसमा हामीलाई पर्खिबसे। तर हामी अखमिरी रोटीको चाडका दिनहरूपछि फिलिप्पीबाट यात्रा गरी पाँच दिनपछि त्रोआस पुगेर तिनीहरूलाई भेट्यौँ र त्यहाँ हामी सात दिन बस्यौँ।

प्रेरित 20 पढ्नुहोस्

प्रेरित 20:1-6 को लागि भिडियो