प्रेरित 14

14
आइकोनियमको सहरमा
1आइकोनियममा पावल र बारनाबास सदाझैँ यहूदीहरूका सभाघरहरूमा गए। त्यहाँ तिनीहरूले यति प्रभावकारी ढङ्गले बोले कि धेरै संख्यामा यहूदीहरू र गैरयहूदीहरूले विश्‍वास गरे। 2तर विश्‍वास गर्न नमान्‍ने यहूदीहरूले चाहिँ गैरयहूदीहरूलाई उत्तेजित गर्दै तिनीहरूका मनलाई विश्‍वासीहरूका विरुद्ध जगाए। 3त्यसकारण पावल र बारनाबास प्रभुका बारेमा निडरतापूर्वक बोल्दै धेरै समयसम्म त्यहीँ बसे। तिनीहरूलाई अलौकिक चिन्हहरू र अद्‌भुत कार्यहरू गर्न सामर्थ्य तुल्याएर प्रभुले पनि आफ्नो अनुग्रहको सन्देश साबित गर्नुभयो। 4तर त्यस सहरका मानिसहरूमा फाटो आयो; कोहीचाहिँ यहूदीहरूपट्टि र कोहीचाहिँ प्रेरितहरूपट्टि लागे। 5आफ्ना अगुवाहरूसँग मिलेर गैरयहूदीहरू र यहूदीहरूले तिनीहरूलाई दुर्व्यवहार गर्ने र तिनीहरूमाथि ढुङ्गा प्रहार गर्ने योजना बनाए। 6तर यो योजना थाहा पाएकाले तिनीहरू लुकाओनियाका लुस्त्रा र डर्बी सहरहरूका साथै त्यस भेगका अन्य क्षेत्रहरूमा भागेर गए; 7र ती ठाउँहरूमा तिनीहरूले निरन्तर सुसमाचार प्रचार गरिरहे।
लुस्त्रा र डर्बीमा
8लुस्त्रामा एउटा लङ्गडो मानिस बस्थ्यो। ऊ जन्मैदेखि लङ्गडो भएकोले कहिल्यै हिँडेको थिएन। 9त्यस मानिसले पावल बोलिरहेका सुन्यो। पावलले त्यस मानिसको अनुहारमा एक टकले हेरे, र ऊसँग निको हुने विश्‍वास रहेछ भनी थाहा पाए। 10त्यसैले तिनले उच्‍च सोरमा भने, “आफ्ना खुट्टाको भरमा उभ!” त्यही क्षण त्यो मानिस जुरुक्‍क उठ्यो, र हिँड्न थाल्यो।
11पावलले गरेका कुराहरू जब भीडले देखे, तब तिनीहरू लुकाओनियाको भाषामा चिच्याउन थाले, “मानिसहरूका भेषमा देवताहरू हामीकहाँ आएका छन्!” 12तिनीहरूले बारनाबासलाई जिऊस र पावललाई हर्मेस#14:12 जिऊस हर्मेस ग्रीक देवताका नामहरू हुन्। भन्‍न थाले; किनकि पावल नै मुख्य वक्ता थिए। 13सहरको ठिक बाहिरपट्टि भएको जिऊस देवताको मन्दिरका पुजारीले सहरको ढोकामा फूलका मालाहरू र गोरुहरू ल्याए, किनकि तिनी र ती भीडले उनीहरूलाई बलि चढाउन चाहे।
14तर जब प्रेरितहरू बारनाबास र पावलले यो कुरा सुने, तब आफ्ना कपडाहरू च्यात्दै तिनीहरू भीडतिर दौडेर यसो भने, 15“मानिसहरू हो, किन तपाईंहरू यसो गर्दै हुनुहुन्छ? हामीहरू पनि तपाईंहरूजस्तै मानिस हौँ। हामी त तपाईंकहाँ सुसमाचार लिएर आएका छौँ। यी तुच्छ कुराहरूबाट आफूलाई हटाएर स्वर्ग, पृथ्वी, समुद्र र तिनीहरूमा भएका सबै कुराको सृष्‍टि गर्नुहुने परमेश्‍वरकहाँ फर्कनुहोस् भन्‍न हामी तपाईंहरूसमक्ष आएका हौँ। 16बितेका दिनहरूमा उहाँले सबै मानिसहरूलाई आफूखुशी चल्ने छुट दिनुभयो। 17तैपनि आफूलाई उहाँले विनासाक्षी त्यसै छोड्नुभएन; किनकि आकाशबाट वर्षा गराएर र मौसमअनुसार अन्‍न तपाईंहरूलाई दिएर उहाँले दया देखाउनुभएको छ। उहाँले तपाईंहरूलाई प्रचुर मात्रामा खानेकुरा दिनुहुन्छ र तपाईंहरूको हृदय आनन्दले भरिदिनुहुन्छ।” 18यस्ता वचनहरू बोलेर सम्झाउँदा पनि त्यो भीडलाई बलि चढाउनबाट रोक्न तिनीहरूलाई निकै कठिन परिरहेको थियो।
19त्यसै बेला एन्टिओखिया र आइकोनियमबाट केही यहूदीहरू त्यहाँ आइपुगे, र त्यस भीडलाई उक्साए। त्यस भीडले पावलमाथि ढुङ्गा बर्सायो। अनि तिनी मरेको ठानी तिनलाई घिसार्दै सहरबाहिर लगे। 20तर चेलाहरू तिनका वरिपरि भेला भए, तब तिनी उठे, र सहरमा फेरि फर्किए। अनि त्यसको भोलिपल्ट तिनी र बारनाबास त्यहाँबाट डर्बी गए।
सिरियाको एन्टिओखियामा फिर्ता
21त्यस सहरमा तिनीहरूले सुसमाचार प्रचार गरे। अनि ठूलो संख्यामा चेलाहरू बनाए। त्यसपछि तिनीहरू लुस्त्रा, आइकोनियम र एन्टिओखिया फर्के। 22ती ठाउँहरूका चेलाहरूलाई बलियो पार्दै र तिनका विश्‍वासमा अटल रहन प्रोत्साहन दिँदै भने, “परमेश्‍वरको राज्यमा प्रवेश गर्नका निम्ति हामीले धेरै कठिनाइहरू पार गर्नुपर्दछ।” 23पावल र बारनाबासले हरेक मण्डलीमा प्रधानहरू#14:23 प्रधानहरू मण्डलीका एल्डरहरू नियुक्त गरेर प्रार्थना र उपवासद्वारा तिनीहरूलाई प्रभुप्रति समर्पित गराए, जसले उहाँमाथि भरोसा राखेका थिए। 24त्यसपछि पिसिदिया जाँदा तिनीहरू पामफिलियामा पनि गए। 25अनि पर्गामा वचन प्रचार गरेपछि तिनीहरू अटालियामा गए।
26अटालियाबाट तिनीहरू जहाज चढेर एन्टिओखिया गए, जहाँ तिनीहरूले अहिलेसम्म पूरा गरेका कामका निम्ति परमेश्‍वरको अनुग्रहमा आफूलाई अर्पण गरेका थिए। 27त्यहाँ पुगेपछि तिनीहरूले मण्डलीलाई भेला गराएर परमेश्‍वरले तिनीहरूद्वारा गर्नुभएका सबै कामहरू र कसरी उहाँले गैरयहूदीहरूका निम्ति पनि विश्‍वासको ढोका खोलिदिनुभएको थियो, त्यो कुराको वर्णन गरे। 28त्यहाँ तिनीहरू चेलाहरूका साथमा धेरै समयसम्म बसे।

अहिले सेलेक्ट गरिएको:

प्रेरित 14: NCV

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्

प्रेरित 14 को लागि भिडियो