2 कोरिन्थी 5:6-9

2 कोरिन्थी 5:6-9 NCV

यसकारण हामी ढुक्‍क छौँ। हामी जान्दछौँ, जबसम्म हामी शरीरमा रहन्छौँ, तबसम्म हामी प्रभुदेखि टाढा हुन्छौँ। हामी देखिने कुराहरूमा भरोसा राखेर होइन, तर नदेखिएका कुराहरूमा विश्‍वास राखेर जिउँछौँ। हामी ढुक्‍क छौँ, र यस शरीरबाट टाढा रहेर बरु प्रभुसित नै रहन चाहन्छौँ। यसकारण हामी शरीरको डेरामै रहौँ, अथवा यसदेखि टाढा रहौँ, हामीले प्रभुलाई नै प्रसन्‍न पार्ने लक्ष्य राखेका छौँ।

2 कोरिन्थी 5 पढ्नुहोस्