2 कोरिन्थी 1:8-11

2 कोरिन्थी 1:8-11 NCV

हे दाजुभाइ-दिदीबहिनीहरू हो, हामीले एशियाको प्रान्तमा भोगेका कष्‍टहरूबारे तिमीहरू अनजान रहो भनी हामी चाहन्‍नौँ। हामीले सहन नसक्ने किसिमको कष्‍टको भार हामीमाथि परेको थियो, जसले गर्दा हामी बाँच्छौँ कि बाँच्दैनौँ भनी निश्‍चित थिएनौँ। निश्‍चय नै हामीले मृत्युदण्डको अनुभव गरिरहेका थियौँ। तर यस्तो हुनुको कारणचाहिँ हामीले आफूमाथि भरोसा नगरेर मरेकाहरूलाई पुनर्जीवित पार्नुहुने परमेश्‍वरमाथि भरोसा राखौँ भनेर नै हो। उहाँले हामीलाई यति डरलाग्दो जोखिमबाट छुटाउनुभयो, कि उहाँले हामीलाई फेरि छुटाउनुहुनेछ भनेर हामीले आफ्ना आशा उहाँमाथि नै राखेका छौँ। तिमीहरूले प्रार्थनाद्वारा हामीलाई सहायता गर। तब धेरैका प्रार्थनाको उत्तरस्वरूप हामीले अनुग्रहको निगाह पाएको कारण धेरैले हाम्रो पक्षमा परमेश्‍वरलाई धन्यवाद दिनेछन्।

2 कोरिन्थी 1 पढ्नुहोस्