1 शमूएल 2:22-25
1 शमूएल 2:22-25 NCV
अब एली अति नै वृद्ध भइसकेका थिए। एलीले आफ्ना छोराहरूले सारा इस्राएलसँग के कस्तो व्यवहार गर्दैछन् र भेट हुने पालको प्रवेशद्वारमा सेवा गर्ने स्त्रीहरूसँग कसरी सहबास गर्दैछन् भन्ने कुरा सुने। यसकारण एलीले उनीहरूलाई भने, “तिमीहरू किन यस्ता कामहरू गर्छौ? म सबै मानिसहरूबाट तिमीहरूका यस्ता दुष्ट कामहरूको बारेमा सुन्दैछु। हे मेरा छोराहरू हो, यस्तो हुनुहुँदैन! याहवेहका मानिसहरूको बीचमा फैलिरहेको यस्ता कुराहरू असल होइन। यदि कुनै मानिसले अर्को मानिसको विरुद्धमा पाप गर्यो भने परमेश्वरले त्यसका निम्ति मध्यस्थता गर्न सक्नुहुन्छ। तर यदि कुनै मानिसले याहवेहको विरुद्धमा पाप गर्यो भने त्यसको पक्षमा कसले अन्तर्बिन्ती गरिदिने?” तरै पनि तिनका छोराहरूले आफ्नो बुबाको हप्काइलाई सुनेनन्। किनकि याहवेहले तिनीहरूलाई मार्ने निर्णय गरिसक्नुभएको थियो।

