यदि कसैले आफूले मगनी गरेको कन्यासँग अनुचित व्यवहार गरेझैँ लाग्छ भने, र त्यस कन्याको उमेर पनि ढल्कँदैगएको छ भने, र उसलाई विवाह गर्नुपर्छ झैँ लाग्छ भने उसले आफूले चाहेझैँ विवाह गरोस्; यसमा उसले कुनै पाप गरेको हुँदैन; तिनीहरूले विवाह गर्नुपर्छ। तर जुन मानिसले आफ्नो मनमा यो विषय समाधान गरिसकेको छ, जो कुनै करकापमा परेको छैन; तर आफ्नो इच्छालाई वशमा राख्न सक्छ, र जसले कन्यालाई विवाह नगर्ने निर्णय गरिसकेको छ भने यस्तो मानिसले पनि असल गर्दछ। यसकारण जसले त्यस कन्यालाई विवाह गर्छ, उसले सही गर्छ; तर जसले उसलाई विवाह गर्दैन, उसले अझ असल गर्छ। एउटी स्त्री आफ्नो पति बाँचुन्जेल उसको अधीनमा हुन्छे। तर यदि पति मर्यो भने उसले आफूले चाहेको व्यक्तिसँग विवाह गर्न सक्छे; तर त्यो मानिस प्रभुमा विश्वास गर्ने हुनुपर्छ। मेरो विचारमा यदि ऊजस्तो छे, त्यस्तै अवस्थामा रही भने झन् सुखी हुन्छे; अनि मलाई लाग्छ, तिमीहरूलाई यो सल्लाह दिँदा परमेश्वरको आत्माले मलाई अगुवाइ गर्दै हुनुहुन्छ।
1 कोरिन्थी 7 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: 1 कोरिन्थी 7:36-40
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू