1 कोरिन्थी 3:18-23

1 कोरिन्थी 3:18-23 NCV

तिमीहरू आफैँलाई धोका नदेओ। यदि तिमीहरूमध्ये कसैले आफूलाई यस युगको नापअनुसार बुद्धिमान् सम्झन्छ भने तिमीहरू बुद्धिमान् हुनको लागि “मूर्ख” बन्‍नुपर्छ। किनकि परमेश्‍वरको दृष्‍टिमा यस संसारको बुद्धि मूर्खता हो। यसरी लेखिएको छ: “उहाँले बुद्धिमान्‌लाई त्यसकै धूर्ततामा पक्रनुहुन्छ।” अनि फेरि, “प्रभुले जान्‍नुहुन्छ कि बुद्धिमान्‌हरूका विचारहरू व्यर्थ हुन्।” यसकारण कसैले मानवीय अगुवाहरूबारे घमण्ड नगर! सबै कुरा तिमीहरूकै हुन्, चाहे पावल वा अपोल्‍लोस वा केफास वा जीवन वा संसार वा मृत्यु वा वर्तमान वा भविष्य—सबै तिमीहरूकै हुन्। तिमीहरूचाहिँ ख्रीष्‍टका हौ, र ख्रीष्‍टचाहिँ परमेश्‍वरको हुनुहुन्छ।

1 कोरिन्थी 3 पढ्नुहोस्