1 इतिहास 28:19-21

1 इतिहास 28:19-21 NCV

दावीदले भने, “याहवेहको हात ममाथि भएको कारण यी सम्पूर्ण लिखित कुरा मसँग छन्। अनि उहाँले मलाई यस योजनाको सम्पूर्ण विवरण बुझ्नलाई समझ दिनुभयो छ।” दावीदले आफ्ना छोरा सोलोमनलाई पनि भने, “बलियो र साहसी भएर यो काम गर्! नडरा र निराश नहो, किनकि याहवेह परमेश्‍वर, मेरा परमेश्‍वर तेरो साथमा हुनुहुनेछ। याहवेहको मन्दिरको सेवाका निम्ति सबै कामहरू पूरा नभएसम्म उहाँले तँलाई छोड्नुहुनेछैन, अर्थात् त्याग्नुहुनेछैन। परमेश्‍वरको मन्दिरको सबै कामका निम्ति पुजारीहरू र लेवीहरूका दलहरू तयार छन्; अनि हरेक कलामा निपुण इच्छुक कारिगरहरूले तँलाई सबै कामहरूमा सहायता गर्नेछन्। अनि अधिकारीहरू र सबै मानिसहरूले तेरो प्रत्येक हुकुम पालन गर्नेछन्।”

1 इतिहास 28 पढ्नुहोस्