भजनसंग्रह 37:1-6

भजनसंग्रह 37:1-6 NERV

दुष्ट मानिसहरूप्रति उदास न होऊ। दुष्ट काम गर्नेहरूको ईर्ष्या नगर। दुष्ट मानिसहरू हरियो घाँस र उद्भिद् जस्तै हुन् जो ओइलिन्छन् अनि चाँडै मर्छन्। यदि तिमीहरू परमप्रभुमा भरोसा गर्छौ र राम्रो कामहरू गर्छौ भने, तिमीहरू भूमिले दिने धेरै चीजहरूसित बाँच्नेछौ र आनन्द लिने छौं। आनन्दसित परमप्रभुको सेवा गर अनि उहाँले तिमीहरूलाई तिमीले चाहको कुराहरू दिनुहुनेछ। परमप्रभुमाथि भरोसा गर। उहाँ माथि भरोसा गर उहाँले तिमीलाई सहायता गर्नुहुनेछ। तिमीहरूका असल कार्यहरू र निर्मलता, मध्य दिनको घाम झैं चम्कियोस्।

भजनसंग्रह 37 पढ्नुहोस्