भजनसंग्रह 37:1-6

भजनसंग्रह 37:1-6 NNRV

दुष्‍टहरूलाई देखेर झर्को नमान, कुकर्मीहरूप्रति डाही नहोऊ, किनकि तिनीहरू चाँड़ै घाँसझैँ सुकिजानेछन्‌, र हरिया बिरुवाजस्‍तै ओइलिजानेछन्‌। परमप्रभुमा भरोसा राख र भलाइ गर, त्‍यसरी देशमा रहेर सुरक्षाको उपभोग गर्नेछौ। परमप्रभुमा आनन्‍दित होऊ, र उहाँले तिम्रो मनोरथ पूर्ण गर्नुहुनेछ। आफ्‍नो मार्ग परमप्रभुलाई सुम्‍प, उहाँमा नै भरोसा राख, अनि उहाँले यो गर्नुहुनेछ: उहाँले तिम्रो धार्मिकता प्रभातझैँ ज्‍योतिसमान र तिम्रो मामिलाको न्‍याय मध्‍यदिनको सूर्यसमान पार्नुहुनेछ।