परमप्रभुका शिक्षाहरू अत्युत्तम छन्। तिनीहरूले परमेश्वरका भक्तजनहरूलाई शक्ति प्रदान गर्छन्। परमप्रभुको व्यवस्था विश्वास योग्यको छ। यसले मूर्ख मानिसहरूलाई ज्ञानी बनाउँछ। परमप्रभुका विधिहरू सही छन्। तिनीहरूले मानिसहरूलई खुशी पार्छन्। परमप्रभुका आदेशहरू निष्कपट छन्, तिनीहरूले जीवनमा उचित मार्ग देखाउँछन्। परमप्रभुको उपासना एउटा ज्योति जस्तै हो जसले अनन्त चम्किलो उज्यालो पार्छ। परमप्रभुको न्यायहरू उचित र निष्कपट छन्। तिनीहरू सम्पूर्ण ठीक छन्। परमप्रभुको शिक्षाहरू अकबरी सुनभन्दा पनि मूल्यवान छन्। तिनीहरू सोझै घरबाट निकालेको उत्तम महभन्दा पनि मीठा छन्। परमप्रभुका शिक्षाहरूले आफ्ना दासहरूलाई होशियार पार्छ। यदि तिनीहरूलाई पालन गर्यौं भने असल चिजहरू आउँछन्।
भजनसंग्रह 19 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: भजनसंग्रह 19:7-11
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू