फिलिप्पीहरूलाई पावलको पत्र 4:7-9

फिलिप्पीहरूलाई पावलको पत्र 4:7-9 NERV

परमेश्वरले दिएको शान्तिले तिमीहरूको मन र हृदयलाई येशू ख्रीष्टमा सुरक्षीत राख्नेछ। शान्ति जो परमेश्वरले दिन्छन्, यति महान हुन्छ कि हामी बुझ्न सक्दैनौं। दाज्यू-भाइहरू र दिदी-बहिनीहरू हो, जुन-जुन कुराहरू अति राम्रा र प्रशंसा गर्न लायकका छन् त्यसै बारे सोच। जुन-जुन कुराहरू सत्य र माननीय पवित्र र उचित, सुन्दर र आर्कषणीय छन् तिनैको मात्र विचार गर। जुन कुराहरू तिमीहरूले सिक्यौ, ग्रहण गर्यौ, सुन्यौ र ममा देख्यौ, ती कुराहरू गर! अनि शान्तिका परमेश्वर तिमीहरूसित रहनु हुनेछ

फिलिप्पीहरूलाई पावलको पत्र 4:7-9 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति