मर्कूसको सुसमाचार 12:28-31

मर्कूसको सुसमाचार 12:28-31 NERV

शास्त्रीहरूमध्ये एकजना येशूकहाँ आए। उनले सदूकीहरू र फरिसीहरूसँग येशूले बहस गरिरहेको सुने। येशूले तिनीहरूका प्रश्नहरूको ठीक जवाफ दिइरहेको सुने। अनि उहाँलाई सोधे, “कुन चाँहि आज्ञा सब भन्दा प्रमुख छ?” येशूले उत्तर दिनुभयो, “सब भन्दा महान आज्ञा यस्तो छः ‘इस्राएलका मानिसहरू, सुन! परमप्रभू हाम्रा परमेश्वनै एक परमप्रभु हुन्। तिमीहरूले परमप्रभु तिमीहरूको परमेश्वरलाई सारा हृदयले, सारा आत्माले, सारा प्राणले र सारा शक्तिले उहाँलाई प्रेम गर्नुपर्छ।’ दोस्रो महान आज्ञा यस्तो छः ‘तिमीहरूले आफूलाई प्रेम गरे जस्तो अरू मानिसहरूलाई पनि प्रेम गर्नुपर्छ।’ यी आज्ञाहरू भन्दा अन्य आज्ञाहरू महान छैनन्।”