त्यसै दिन येशूका दुइजना चेलाहरू इम्माउस नाउँ गरेको शहर गइरहेका थिए। यो ठाउँ यरूशलेमदेखि प्राय: साढे तीन कोश टाढा पर्थ्यो। तिनीहरूले घटेका ती सब घट्नाहरू बारे कुरा गरिरहेका थिए। जब तिनीहरू यी कुराहरू गरिरहेका थिए, येशू आफैं तिनीहरूको नजिक आउनुभयो अनि तिनीहरूसँगै हिँड्नु भयो। तर ती दुइ जनालाई येशूले चिन्नु दिनु भएको थिएन। त्यसपछि येशूले भन्नुभयो, “तिमीहरूले हिंड्दै गर्दा के विषयमा बात गरेको हो?” ती दुइजना रोकिए। तिनीहरूको अनुहार दुःखी देखियो। तिनीहरू मध्ये एकजना क्लेओपास नाउँ भएकोले भने, “यरूशलेमको एकजना मानिस यरूशलेममा घटेको घट्नाहरू बारे नजान्ने मानिस सायद तिमी मात्र हौ कि?” येशूले तिनहरूलाई भन्नुभयो, “कस्तो घट्नाहरू?” तिनीहरूले उहाँलाई भने, “यो नासरतको एकजना मानिस येशूको विषयको कुरो हो। उहाँले परमेश्वर अनि मानिसहरूको अघि कर्म अनि वचनले देखाउनु भयो कि उहाँ एकजना महान अगमवक्ता हुनु हुन्थ्यो। तर हाम्रो मुख्य पूजाहारीहरू अनि नेताहरूले उहाँलाई मृत्यु दण्ड दिनु औ क्रूसमा टगाउँन सुम्पिए। हामीले आशा गरेका थियौ कि उहाँ नै एक जना हुनुहुन्थ्यो जसले इस्राएललाई मुक्त गराउँनु हुँदै थियो। तर यी सब घट्नाहरू घटे। “यी सब घट्ना घटेको आज तेस्रो दिन हो। तब आज हाम्रा केही स्त्रीहरूले हामीलाई आश्चर्यचकित कुराहरू भने। बिहानै उठेर ती स्त्रीहरू येशूलाई राखिएको चिहानमा गएका थिए। तर तिनीहरूले उहाँको शरीर त्यहाँ पाएनन्। तिनीहरू फर्के अनि तिनीहरूले दुइजना स्वर्गदूतहरूको दर्शन पाएको कुरा बताए। स्वर्गदूतहरूले भने कि येशू जीवित हुनुहुन्छ! त्यसछि हाम्रा केही मानिसहरू पनि चिहानमा गए। ती स्त्रीहरूले भने झैं चिहान खाली थियो। तिनीहरू कसैले येशूलाई देखेनन्।” तब येशूले तिनीहरूलाई भन्नुभयो, “तिमीहरू मूर्ख हौ अनि अगमवक्ताहरूले भनेका प्रत्येक कुराहरू विश्वास गर्न ढिलो गर्यौ। ती अगमवक्ताहरूले भनी सकेका थिए कि ख्रीष्टलाई उहाँको महिमा भित्र पस्नु यी सब कुराहरू भोग्नु आवश्यक थियो।” त्यसपछि येशूले धर्मशास्त्रमा मोशा देखि लिएर अन्य जम्मै अगमवक्ताहरूद्वारा जे लेखिएको थियो प्रत्येक कुरो बताउनु शुरू गर्नु भयो। धर्मशास्त्रहरूमा उहाँ आफ्नो विषयमा जे लेखिएको थियो उहाँले बताउनु भयो।
लूकाको सुसमाचार 24 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: लूकाको सुसमाचार 24:13-27
5 Days
If we want to share Jesus with others, we’ve got to live like Him, love like Him, and listen like Him. In this 5-day Plan, we’ll take a closer look at the life of Jesus to discover how we should live our lives.
20 दिनहरू
बाइबल प्रोजेक्टले व्यक्ति विशेष, साना समूह र परिवारहरूलाई २० दिनभित्र लूकाको पुस्तक पूरै पढी सिध्याउन प्रेरित गर्नको लागि उल्टो प्रकारको राज्य भाग १ डिजाइन गरेको छ । यस अध्ययन योजनाले एनिमेटेड भिडियोहरू, अन्तर्दिष्टियुक्त सारांशहरू र विचारशील प्रश्नहरू मार्फत सहभागीहरूलाई येशूसँग भेट गर्न मदत गर्छ र लूकाको शानदार साहित्यिक ढाँचा र विचारको प्रवाहमा संलग्न गराउँछ।
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू