तर म तिमीहरूलाई साँच्चो भन्दछु। तिमीहरूको भलाईको निम्ति म टाढिनु नै राम्रो छ। किनभने जब म जानेछु तिमीहरूका लागि सहायक पठाइदिने छु। तर यदि म गइन भने, सहायक तिमीहरूकहाँ आउने छैन। “जब सहायक आउँछन्, उहाँले संसारलाई यी विषयहरूमा प्रमाण दिनु हुनेछः पापको विषय, धार्मिकताको विषय र न्यायको विषयमा। सहायकले मानिसहरूको जीवनमा पाप छ भनेर प्रमाण गर्नेछन् किनभने तिनीहरूले ममा विश्वास गर्दैनन्। उसले मेरो धार्मिकताको प्रमाण तिनीहरूलाई गराउनेछन्, किनभने म पिताकहाँ नै गई रहेछु। तब तिमीहरूले मलाई फेरि देख्नेछैनौ। अनि सहायकले न्यायको विषयमा सत्य कुराको प्रमाण संसारलाई गराउने छ, किनभने यस संसारको शासकलाई पहिल्यै नै जाँची सकेकोछ।
यूहन्नाको सुसमाचार 16 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यूहन्नाको सुसमाचार 16:7-11
८ दिन
तपाईँ कहिल्यै एक्लो हुनुहुन्न। चाहे तपाईँ आफ्नो ख्रीष्टियान विश्वासमा १ दिन वा ३० वर्षको हुनुहोस्, जीवनले हामीलाई दिन सक्ने हरेक चुनौतीमा यो सत्यता दृढ छ। यस योजनामा कसरी प्रभावकारी रूपमा परमेश्वरको मद्दतलाई अँगाल्ने भन्ने सिक्नुहोस्। डेभिड जे. स्वान्ड द्वारा लिखित "आउट अफ दिस वर्ल्ड: ए क्रिस्चियन्स गाइड टु ग्रोथ एन्ड पर्पज" पुस्तकबाट लिइएको हो।
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू