उत्पत्तिको पुस्तक 17:15-17

उत्पत्तिको पुस्तक 17:15-17 NERV

परमेश्वरले अब्राहामलाई भन्नुभयो, “म साराईलाई नयाँ नाउँ दिनेछु अनि तिम्री पत्नि साराईको नयाँ नाउँ सारा हुनेछ। म उसलाई आशीर्वाद दिनेछु। म उसलाई एउटा छोरा पनि दिनेछु अनि तँ छोराको बुबा हुनेछस्। तिनी धेरै राष्ट्रहरूको आमा हुनेछिन् अनि उबाट धेरै राजाहरू जन्मिनेछन्।” परमेश्वरलाई सम्मान दर्शाउन अब्राहाम जमीनतिर मुख गरी घोप्टो भए। तर तिनले हाँस्दै आफैंसित भने, “म एक सय बर्षको भएँ, अब म छोरा जन्माउन सक्तिन। अनि सारा पनि नब्बे बर्षकी भई र उनले नानी जन्माउन सक्तिन।”