तब मोशाले परमेश्वरलाई भने, “तर इस्राएलीहरूले मलाई विश्वास गर्ने छैनन जब म तिनीहरूलाई भन्छु तपाईंले मलाई पठाउनु भयो। तिनीहरू भन्ने छन्, परमप्रभु तिमीअघि प्रकट हुनुभएन?” तर परमप्रभुले मोशालाई भन्नुभयो, “त्यो तिम्रो हातमा भएको के हो?” मोशाले उत्तर दिए, “यो मेरो हिंड्ने लहुरो हो।” तब परमेश्वरले मोशालाई भन्नु भयो, “त्यो तिम्रो हिँड्ने लहुरो भूँईंमा फ्याँकि देऊ।” मोशाले आफ्नो लहुरो भूईंमा फ्याँकिदिए पछि अचनाक लहुरो सर्पमा परिणत भयो। मोशा डराए अनि त्यहाँबाट टाढा गए। तर परमप्रभुले मोशालाई भन्नुभयो, “अघि बढ र सर्पको पुच्छरमा समात।” मोशा सर्प नजिक पुगे अनि त्यसको पुच्छरमा समाते। जब मोशाले सर्पलाई समाते त्यो फेरि लहुरो नै भइहाल्यो। तब परमप्रभुले मोशालाई भन्नु भयो, “आफ्नो लहुरो तिमीले यसरी नै प्रयोग गर, अनि मानिसहरूले विश्वास गर्नेछन् परमप्रभु तिनीहरूका पिता-पुर्खाहरूको परमेश्वर, अब्राहामको परमेश्वर, इसहाकका परमेश्वर अनि याकूबका परमेश्वर तिम्रोअधि प्रकट हुनु भएको थियो।” त्यसपछि परमप्रभुले मोशालाई भन्नुभयो, “म तिमीलाई अर्को एउटा प्रमाण दिनेछु। आफ्नो लुगाभित्र हात हाल।” यसर्थ मोशाले लगाएको लुगा खोले अनि आफ्नो हात त्यसभित्र हाले। तब मोशाले उसको हात लुगाबाट बाहिर निकाल्दा उसको हात सेतो हिउँ जस्तो दागै-दाग भएको पाए। तब परमेश्वरले भन्नुभयो, “अब फेरि तिम्रो हात लुगाभित्र हाल।” यसकारण मोशाले आफ्नो हात लुगाभित्र फेरि हाले मोशाले आफ्नो हात लुगाभित्र हालेर फेरि बाहिर निकाले। त्यो फेरि पहिलेकै जस्तो राम्रो भयो।
प्रस्थानको पुस्तक 4 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: प्रस्थानको पुस्तक 4:1-7
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू