प्रस्थानको पुस्तक 10:21-23

प्रस्थानको पुस्तक 10:21-23 NERV

तब परमप्रभुले मोशालाई भन्नु भयो, “तिम्रो हातमाथि हावामा उठाऊ अनि अँध्यारोले मिश्रलाई ढाक्नेछ। अँध्यारो यति निष्पट्ट हुनेछ तिमीले त्यो अनुभव गर्नेछौ।” मोशाले आफ्नो हात उठायो अनि अन्धकारले मिश्रलाई ढाक्यो। त्यो अँध्यारो मिश्रमा तीन दिनसम्म रह्यो। त्यहाँ कसैले कसैलाई देख्न सक्तैन थियो। तर जहाँ इस्राएलका मानिसहरू थिए त्यहाँ अंध्यारो भएन।