प्रेरितहरूका काम 14:8-20

प्रेरितहरूका काम 14:8-20 NERV

लिस्त्रामा एकजना लङ्गडो मानिस थियो। ऊ जन्मै देखि लङ्गडो थियो अनि कहिले पनि हिंडेको थिएन। उसले पावलले भनेका कुराहरू सुन्यो। पावलले उसलाई सोझै हेरे अनि यो थाहा पाए कि उसमा जाति हुन्छु भन्ने प्रशस्त विश्वास थियो। यसर्थ पावल जोडले चिच्याए, “आफ्नो खुट्टामा उभि!” त्यो मानिस उफ्रियो र वरिपरि हिँड्न थाल्यो। जब पावलले जे गरे त्यो मानिसहरूले देखे तिनीहरू लाइकाओनिया भाषामा चिच्याए। तिनीहरूले भने, “देवताहरू मानिसहरू जस्तै भएका छन् अनि तिनीहरू हामीकहाँ आएका छन्!” मानिसहरूले बर्णाबासलाई “जिउस” र पावललाई “हर्मेस” भन्न लागे किनभने उनी प्रमुख वक्ता थिए। जिउसको मन्दिर शहरको नजिकमा थियो। त्यस मन्दिरका पूजाहारीले शहरका द्वारहरूमा केही साँढेहरू अनि फूलका मालाहरू ल्याए। त्यो पूजाहारी र त्यहाँ बस्ने मानिसहरूले पावल र बर्णाबासलाई बलि अर्पण गर्न चाहन्थे। तर जब ती प्रेरितहरू पावल र बर्णाबासले त्यस्तो कुरा थाह पाए, तिनीहरूले आफ्नै लुगाहरू च्याते। मानिसहरू तिर दौडे अनि चिच्याएः “हे मानिसहरू हो! तिमीहरूले किन यसो गरिरहेकाछौ? हामी देवताहरू होइनौं! हामी तिमीहरू जस्तै मानिसहरू मात्र हौं! हामी तिमीहरूलाई सुसमाचार भन्न आयौं ताकि तिमीहरू यस्ता बेकारका कुराहरूबाट हट्न सक्छौ अनि जीवित परमेश्वर तर्फ फर्कन्छौ। उहाँ नै एक हुनुहन्छ जसले आकाश, पृथ्वी, समुद्र अनि यिनीहरूमा भएका हरेक थोक बनाउनु भयो। “बितेका दिनहरूमा उहाँले सबै जातिहरूलाई आफ्नो इच्छा अनुसार बाँच्न दिनुभयो तर पमेश्वरले गर्नु भएको कार्यले उहाँको वास्तविकताको प्रमाण गर्यो। उहाँले तिमीहरूका लागि असल कामहरू गर्नुभयो उहाँले तिमीहरूलाई आकाशबाट वर्षा दिनुभयो। उहाँले ठीक समयमा नै तिमीहरूलाई फसल दिनुभयो। उहाँले तिमीहरूलाई प्रशस्त आहार दिनुभयो र साथै तिमीहरूका हृदय आनन्दले परिपूर्ण पारिदिनु भयो।” पावल र बर्णाबासले तिनीहरूलाई ती कुराहरू भने। तरै पनि तिनीहरूले ती भीडलाई तिनीहरूको बलिहरू अर्पण गर्न नदिनलाई निकै संघर्ष गर्नु पर्यो। त्यसपछि एन्टिओक र आइकोनियमाबाट केही यहूदीहरू आए। तिनीहरूले पावल र बर्णाबासको विरुद्ध मानिसहरूलाई भड्काए अनि त्यसैकारणले तिनीहरूले पावलमाथि ढुङ्गा होने र शहरदेखि बाहिर तानी निकाले। मानसिहरूले पावललाई मारियो भनी सोचे। येशूका चेलाहरू (विश्वासीहरू) पावलको वरिपरि जम्मा भए। अनि उनी उठे र शहरतिर फर्किए। अर्कोदिन उनी र बर्णाबसले त्यो शहर छाडे अनि डर्बी तिर लागे।

प्रेरितहरूका काम 14:8-20 को लागि भिडियो