परमेश्वरको आत्मा अजर्याहमाथि उत्रनुभयो। अजर्याह ओदेदका छोरा थिए। अजर्याह आसालाई भेट्न गए। अजर्याहले भने, “मेरो कुरा सुन आसा अनि यहूदा र बिन्यामीनका तिमी सबै मानिसहरू! परमप्रभु तिमीहरूका साथ रहनु हुन्छ जब तिमीहरू उहाँका साथ हुन्छौ। यदि तिमीले परमप्रभुलाई खोज्यौ भने, उहाँलाई पाउने छौ। तर यदि तिमीहरूले उहाँको साथ छोडयौ भने उहाँले तिमीहरूको साथ छोडनु हुनेछ। धेरै समयसम्म इस्राएल सत्य परमेश्वर बिहीन थियो। अनि तिनीहरू शिक्षा दिने पूजाहारी बिहीन र नियम बिहीन थिए। तर जब इस्राएलका मानिसहरूले दुःख पाए, तिनीहरू फेरि परमप्रभु परमेश्वर तर्फ फर्किए। उहाँ इस्राएलका परमेश्वर हुनु हुन्छ। तिनीहरूले परमप्रभुलाई खोजे अनि उहाँलाई पाए। दुःखको त्यस समयमा कुनै पनि मानिस निरापद यात्रा गर्न सक्तैन थियो। सबै राष्ट्रहरूमा यति धेरै कष्ट थियो एउटा राष्ट्रले अर्को राष्ट्रलाई अनि एक शहरले अर्को शहरलाई ध्वंश पार्थे। यस्तो हुँदै थियो। किनभने परमेश्वरले तिनीहरूलाई सबै किसिमका कष्टहरू दिनु भयो। तर आसा, तिमी अनि यहूदाका र बिन्यामीनका मानिसहरू शक्तिशाली बन। कमजोर नबन, नछोड किनभने तिमीहरूले तिम्रा असल कार्यका निम्ति पुरस्कार प्राप्त गर्ने छौ।”
इतिहासको दोस्रो पुस्तक 15 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: इतिहासको दोस्रो पुस्तक 15:1-7
1 Week
Learn what the Bible says about boldness and confidence. The "Courage" Reading Plan encourages believers with reminders of who they are in Christ and in God's kingdom. When we belong to God, we're free to approach Him directly. Read again – or maybe for the first time – assurances that your place in God's family is secure.
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू