शमूएल शाऊलको नजिक गए। शाऊलले स्वागत जनाएर भने, “परमप्रभुको आशीर्वाद तपाईंमा रहोस्। मैले परमप्रभुको आज्ञा पालन गरें।” शमूएलले भने, “त्यसो हो भने म यो के सुन्दैछु। किन मैले भेंडा र पशुहरूको आवाज सुनेको?” शाऊलले भन्यो, “सैनिकहरूले अमालेकीहरूबाट पशुहरू लिए। सैनिकहरूले राम्रा भेंडा र पशुहरू परमप्रभु तपाईंको परमेश्वरमा बलिचढाउन भनेर बचाए। तर हामीले अरू सबै चीज नष्ट पार्यौ।” शमूएलले शाऊललाई भने, “चुप लाग! हिजो राती परमप्रभुले मलाई के भन्नुभयो त्यो म तपाईंलाई बताउनेछु।” शाऊलले भने, “ठीक छ, के भन्नु भयो भन्नुहोस्।” शमूएलले भने, “विगतमा, तपाईंले आफैंलाई तुच्छ सम्झनु हुन्थ्यो। तर त्यसपछि तपाईं इस्राएलका कुलहरूका अगुवा हुनुभयो। इस्राएलको राजाको रूपमा परमप्रभुले तपाईंलाई चुन्नुभयो। परमप्रभुले तपाईंलाई एउटा विशेष सेवाकार्यको निम्ति पठाउनु भयो। परमप्रभुले भन्नुभयो, ‘अमालेकीहरूकहाँ जाऊ, अनि तिनीहरूलाई नष्ट पार किनभने तिनीहरू खराब मानिस हुन्।’ तपाईंले परमप्रभुको कुरा सुन्नु भएन। किन तपाईंले ती चीजहरू राख्न चाहनुहुन्छ। तपाईंको यो कार्य परमप्रभुको इच्छा विरूद्धको कार्य भयो।” शऊलले भने, “तर मैले त परमप्रभुको सबै कुरा मानें मलाई जहाँ पठाउँनु भयो त्यहीं गएँ। मैले अमालेकीहरू सबैलाई नष्ट गरे। मैले खाली साथमा एकजना मानिस ल्याएँ तिनीहरूका राजा अगाग। गिलगालमा परमप्रभु तपाईंका परमेश्वरलाई बलि चढाउन भनेर। सैनिकहरूले राम्रा-राम्रा भेंडा र पशुहरू लिए।” शमूएलले जवाफ दिए, “परमप्रभुलाई के ले खुशी पार्छ होमबलि र बलिदानहरू चढाएर कि उहाँको आज्ञालाई पालन गरेर? उहाँलाई बलि भेट दिएर भन्दा उहाँको प्रत्येक आदेशलाई पालन गर्नु राम्रो हो। भेंडाको बोसो चढाउनु भन्दा पहिले परमेश्वरको वचन सुन्नु नै राम्रो हो। आज्ञा पालन नगर्नु चाहि तन्त्र-मन्त्रको पाप जस्तै हो। हठी स्वभावको हुनु र आफ्नै इच्छानुसार हिँड्नुचाहिँ मूर्ति पूजा गरे झैं पाप हो। तपाईंले परमप्रभुको आज्ञा मान्न इन्कार गर्नुभयो। यही कारणले, अब परमप्रभुले पनि तपाईंलाई राजाको रूपमा इन्कार गर्नुभयो।” शाऊलले शमूएललाई भने, “मैले पाप गरें। मैले परमप्रभुको आज्ञा तपाईंले भन्नु भए जस्तै गरिनँ। म मानिसहरूसित साह्रै डराएँ अनि तिनीहरूले जे भने माने। अब म बिन्ती गर्दछु यो पाप गरेको निम्ति मलाई क्षमा गरिदिनुहोस्। मतिर फर्किनु होस्, यसकारण म परमप्रभुको आराधाना गर्न सकौं।” तर शमूएलले शाऊललाई भने, “म तपाईंसँग जाँदिन। तपाईंले परमप्रभुको वचनलाई उलंघन गर्नुभयो अनि अहिले परमप्रभुले पनि राजा अस्वीकार गरिदिनुभएको छ।” जब शमूएले शाऊललाई छोडेर हिंड्न खोजे, शाऊलले शमूएलको खास्टोको किनार समाते र त्यो च्यातियो। शमूएलले शाऊललाई भने, “जसरी तपाईंले मेरो खास्टो च्याति दिनुभयो। यसरी नै परमप्रभुले आज इस्राएलको राज्य तपाईंबाट च्यात्नु भएकोछ। परमप्रभुले इस्राएलको राज्य तपाईंको साथीहरू मध्ये एकजनालाई दिनुभयो। त्यो मानिस तपाईं भन्दा असल छ। परमप्रभु इस्राएलका परमेश्वर हुनुहुन्छ। परमप्रभु शाश्वत हुनुहुन्छ। परमप्रभु न त झूटो बोल्नु हुन्छ न त विचार बदल्नु हुन्छ। परमप्रभु मानिस जस्तै छिन-छिनमा विचार बदल्ने हुनुहुन्न।” शाऊलले भने, “ठीक छ, मैले पाप गरें। दया गरी मसित आइदिनुहोस्। इस्राएलका नेताहरू र मानिसहरूका अघि मेरो केही इज्जत राखिदिनु होस्। मसित आइदिनु होस्। ताकि म परमप्रभु तपाईंको परमेश्वरलाई आराधना गर्न सकुँ।” शमूएल शाऊलसँग गए अनि शाऊलले परमप्रभुलाई आराधना गरे।
शमूएलको पहिलो पुस्तक 15 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: शमूएलको पहिलो पुस्तक 15:13-31
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू