कोरिन्थीहरूलाई पावलको पहिलो पत्र 7:10-16

कोरिन्थीहरूलाई पावलको पहिलो पत्र 7:10-16 NERV

अब म विवाह गर्नेहरूलाई यो आज्ञा दिन्छु। यो आज्ञा मबाट होइन, यो प्रभूबाट हो। पत्नीले आफ्ना पतिलाई नछोडोस् तर छोडिहाली भने पनि उसले फेरि विहे नगरोस्। कि त ऊ आफ्नै पतिसँग फेरि मिलोस्। पतिले पनि आफ्नी पत्नीलाई नत्यागोस्। अरू सबैलाई म यो भन्छु। यी कुराहरू म भन्दैछु, प्रभुबाट होइन। ख्रीष्टमा एक भाइको यस्ती पत्नी हुन सक्छे जो ख्रीष्ट विश्वासी होइन। यदि त्यस्ती पत्नी उसित बस्न राजी छे भने उसले त्यसलाई नत्यागोस्। अनि ख्रीष्टमा एक स्त्रीको अविश्वासी लोग्ने हुन सक्छ। तर यदि त्यो उसित बस्न राजी छ भने उसले पनि त्यसलाई नत्यागोस्। एक अविश्वासी पति विश्वासी पत्नीद्वारा पवित्र बन्दछ। अनि अविश्वासी पत्नी पनि पनि विश्वासी पतिद्वारा पवित्र बन्छे। यसो नहुँदो होत तिमीहरूका छोर-छोरी अशुद्ध हुने थिए। तर अहिले उनीहरू पवित्र छन्। तर विश्वास नगर्नेले त्याग्न खोजे, उसलाई त्यसो गर्न देऊ। त्यसो भएको खण्डमा ख्रीष्टमा भाइ वा बहिनी बन्धनमा रहदैंनन्। परमेश्वरले हामीलाई शान्तिमय जीवनको निम्ति बोलाउनु भएकोछ। पत्नीहरू, तिमीहरूले नै आ-आफ्ना पतिलाई बचाउन सकौला, र पतिहरू, तिमीहरूले नै आ-आफ्ना पत्नीलाई बचाउन सकौला। पछि के हुने हो तिमीहरू अहिले जान्दैनौ।