कोरिन्थीहरूलाई पावलको पहिलो पत्र 2:14-16

कोरिन्थीहरूलाई पावलको पहिलो पत्र 2:14-16 NERV

जो मानिस आत्मिक छैन उसले परमेश्वरको आत्माबाट आएका कुराहरू ग्रहण गर्दैन। उसले यी सब कुराहरू मूर्खातापूर्ण सम्झन्छ। उसले आत्माको कुरो बुझ्न सक्दैन, किन कि ती कुराहरूलाई आत्मिक रीतिले मात्र जाँच्न सकिन्छ। तर आत्मिक मानिस सबै कुराहरू खुट्याउन समर्थ हुन्छ र अरू मानिसहरूले उसलाई जाँच्न सक्दैनन्। शास्त्रले भन्छः “परमप्रभुको मनलाई कसले जान्न सक्छ? परमप्रभुलाई कसले अह्राउन सक्छ?”