१ कोरिन्थी 2:14-16
१ कोरिन्थी 2:14-16 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
जो मानिस आत्मिक छैन, त्यसले परमेश्वरका आत्माका कुराहरू ग्रहण गर्दैन। किनकि ती कुराहरू त्यसको निम्ति मूर्खता हुन्छन्, र त्यसले ती बुझ्न सक्दैन, किनकि ती कुराहरू आत्मिक रीतिले मात्र चिन्न सकिन्छ। आत्मिक मानिसले सबै कुराको जाँच गर्दछ, तर ऊचाहिँ कुनै मानिसद्वारा जाँचिनेछैन। “किनकि कसले प्रभुको मनलाई जानेको छ? र कसले उहाँलाई सिकाउन सक्छ?” तर हामीसँग त ख्रीष्टको मन छ।
१ कोरिन्थी 2:14-16 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
जुन व्यक्तिसँग परमेश्वरको आत्मा हुँदैन, त्यसले परमेश्वरको आत्माबाट आएका कुराहरू स्वीकार गर्दैन, तर ती कुराहरू त्यसको निम्ति मूर्खता हुन्छन्; र त्यसले ती कुराहरू बुझ्नै सक्दैन, किनकि ती कुराहरूको मूल्याङ्कन आत्मिक रीतिले मात्र हुँदछ। आत्मिक व्यक्तिले सबै कुराहरूको मूल्याङ्कन गर्दछ, तर ऊचाहिँ कोहीद्वारा पनि मूल्याङ्कन गरिँदैन। किनकि, “प्रभुको मनलाई कसले जानेको छ, र उहाँलाई कसले सिकाउन सक्छ?” तर हामीसँग ख्रीष्टको मन छ।
१ कोरिन्थी 2:14-16 पवित्र बाइबल (NERV)
जो मानिस आत्मिक छैन उसले परमेश्वरको आत्माबाट आएका कुराहरू ग्रहण गर्दैन। उसले यी सब कुराहरू मूर्खातापूर्ण सम्झन्छ। उसले आत्माको कुरो बुझ्न सक्दैन, किन कि ती कुराहरूलाई आत्मिक रीतिले मात्र जाँच्न सकिन्छ। तर आत्मिक मानिस सबै कुराहरू खुट्याउन समर्थ हुन्छ र अरू मानिसहरूले उसलाई जाँच्न सक्दैनन्। शास्त्रले भन्छः “परमप्रभुको मनलाई कसले जान्न सक्छ? परमप्रभुलाई कसले अह्राउन सक्छ?”
१ कोरिन्थी 2:14-16 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
परमेश्वरको आत्मा नहुने मानिसले आत्माका दानहरू लिंदैन किनभने यो उसको लागि मूर्ख कुरो हो। यो आत्माबाट नै बुझिने भएकोले उसले यो बुझ्नै सक्दैन। परमेश्वरको आत्मा हुने मानिसले चाहिँ सबै कुराको जाँच-बुझ गर्न सक्तछ, तर उसलाई भने कसैले जाँच्न सक्दैन। धर्मशास्त्र भन्छ, “प्रभुको मन कसले जान्दछ र कसले उहाँलाई सिकाउने?” तर हामीले चाहिँ ख्रीष्टको मन पाएका छौं।