रूथ 3:1-5
रूथ 3:1-5 सरल नेपाली
केही समयपछि नाओमीले रूथलाई भनिन्, “म तिम्रो घरबार गरिदिन तिम्रो निम्ति एउटा लोग्ने खोजिदिन चाहन्छु। बोअज हाम्रा आफ्नै मानिस हुन्। तिमीले उनका स्त्रीहरूसँग काम गर्दैआएकी छौ। अब मेरो कुरा राम्ररी सुन। आज बेलुका उनी जौ कुट्दैगरेको हुनेछन्। तिमी नुहाइ-धुवाइ गर, सुगन्धित तेल लगाई राम्रा लुगा लाऊ र उनले बाली कुटेको ठाउँमा जाऊ। तर उनले खाइ-पिइ गरी नसकुञ्जेल तिमी त्यहाँ छौ भनेर उनले थाहा नपाउन्। उनी कहाँ सुत्छन्, याद गर। निदाएको बेलामा छेउमा गएर उनको खुट्टापट्टि उनकै ओढ्ने ओढेर सुत। तब तिमीले के गर्नुपर्छ, सो उनैले भन्नेछन्।” रूथले भनिन्, “म तपाईंले भनेअनुसार गर्नेछु।”

