रूथ 3:1-5

रूथ 3:1-5 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

एक दिन रूथकी सासू नाओमीले तिनलाई भनिन्, “हे मेरी छोरी, तिम्रो आफ्‍नै घरबार र राम्रो बन्‍दोबस्‍त भएर बसेको मैले हेर्न नपाउनू? बोअज त हाम्रा आफ्‍नै नातेदार हुन्, जसका ठिटीहरूसँग तिमी थियौ। आज राती तिनले आफ्‍नो खलामा जौ बत्ताउनेछन्‌। यसकारण स्‍नान गरेर तेल हाल र तिम्रा सबभन्‍दा राम्रा लुगा लगाई खलामा जाऊ, तर तिनले खानपान गरी नसकुञ्‍जेल तिमी ती मानिसकहाँ देखा नपर। तिनी सुत्‍न जाँदा तिमीले तिनको सुत्‍ने ठाउँ हेरिराख। त्‍यसपछि गएर तिनको खुट्टापट्टिको ओढ्‌ने उठाएर त्‍यहीँ ढल्‍क। तब तिमीले के गर्नुपर्नेछ सो तिनले नै भन्‍नेछन्‌।” रूथले भनिन्, “तपाईं जे भन्‍नुहुन्‍छ म गर्नेछु।”

शेयर गर्नुहोस्
रूथ 3 पढ्नुहोस्

रूथ 3:1-5 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

एक दिन रूथकी सासू नाओमीले तिनलाई भनिन्, “मेरी छोरी, मैले तिम्रो निम्ति एउटा घर खोज्नुपर्छ, जहाँ तिम्रो निम्ति सबै कुराको प्रबन्ध भएको होस्। बोअज जसका सेविकाहरूसित तिमी छौ, ती हाम्रा नातेदार हुन्। आज राति तिनी खलामा जौ बत्ताउन जानेछन्। यसैले नुहाएर अत्तर लगाऊ, र तिम्रो सबैभन्दा असल लुगा लगाऊ। त्यसपछि तल खलामा जाऊ; तर उनले खानपिन गरी नसकुन्जेल तिमी त्यहाँ छौ भनी उनलाई थाहा नहोस्। जब उनी सुत्छन्, उनी सुतेको ठाउँ याद गर। त्यसपछि जाऊ र उनको खुट्टाको ओढ्ने उठाऊ, र ढल्क। त्यसपछि के गर्नुपर्छ उनले नै तिमीलाई बताउनेछन्।” रूथले भनिन्, “तपाईं जे भन्‍नुहुन्छ, म गर्नेछु।”

शेयर गर्नुहोस्
रूथ 3 पढ्नुहोस्

रूथ 3:1-5 पवित्र बाइबल (NERV)

तब नाओमी, रूथकी सासूले रूथलाई भनिन्, “मेरो छोरी, सम्भवत् म तिम्रो निम्ति एक असल पति अनि घर पाउन सकुँ। त्यो तिम्रो निम्ति असल हुनेछ। सम्भवत् बोअज नै सही व्यक्ती हुनसक्छन्। बोअज हाम्रो नजिकको आफन्त हुन। तिमीले उसका स्त्री सेविकाहरूका साथ काम गर्यौ। आज राती उनी खलामा काम गरिरहेका हुनेछन्। जाऊ नुहाइ-धुवाइ गर अनि राम्रो वस्त्र राम्ररी लगाऊ। अनि तल ढीकी कुट्ने ठाउँमा जाऊ। तर बोअजसित देखा नपर जबसम्म तिनले रातको भोजन गरि सक्तैनन्। तिनले भोजन गरि सकेपछि तिनी विश्राम गर्नलाई कहाँ जान्छन्। तिनलाई हेर तिनीकहाँ सुत्नेछन् तिमीले देख्न सक्ने छौ। त्यहाँ जाऊ अनि तिनको पाउबाट ओढ्ने वस्त्र उठाऊ। तब त्यहाँ बोअजसित सुत। तिनले बिवाहको विषयमा गर्नुपर्ने कुरो तिमीलाई भन्ने छन्।” तब रूथले भनिन्, “तपाईंले भन्नु भएको कुरो म गर्ने छु।”

शेयर गर्नुहोस्
रूथ 3 पढ्नुहोस्

रूथ 3:1-5 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

केही समयपछि नाओमीले रूथलाई भनिन्, “म तिम्रो घरबार गरिदिन तिम्रो निम्‍ति एउटा लोग्‍ने खोजिदिन चाहन्‍छु। बोअज हाम्रा आफ्‍नै मानिस हुन्। तिमीले उनका स्‍त्रीहरूसँग काम गर्दैआएकी छौ। अब मेरो कुरा राम्ररी सुन। आज बेलुका उनी जौ कुट्दैगरेको हुनेछन्। तिमी नुहाइ-धुवाइ गर, सुगन्‍धित तेल लगाई राम्रा लुगा लाऊ र उनले बाली कुटेको ठाउँमा जाऊ। तर उनले खाइ-पिइ गरी नसकुञ्‍जेल तिमी त्‍यहाँ छौ भनेर उनले थाहा नपाउन्। उनी कहाँ सुत्‍छन्, याद गर। निदाएको बेलामा छेउमा गएर उनको खुट्टापट्टि उनकै ओढ्‍ने ओढेर सुत। तब तिमीले के गर्नुपर्छ, सो उनैले भन्‍नेछन्।” रूथले भनिन्, “म तपाईंले भनेअनुसार गर्नेछु।”

शेयर गर्नुहोस्
रूथ 3 पढ्नुहोस्