तिनीहरू फेरि रुन लागे। त्यसपछि ओर्पाले सासूलाई म्वाइँ खाई र आफ्नो घर फर्की। तर रूथले तिनलाई छोडिनन्। नाओमीले रूथलाई भनिन्, “हेर, तिम्री दिदी आफ्ना कुल-कुटुम्ब र देवी-देवताकहाँ फर्केर गई, तिमी पनि त्यसै गर।” तर रूथले उत्तर दिइन्, “तपाईंलाई छोड्न भनी मलाई कर नगर्नुहोस्। मलाई तपाईंसँगै जान दिनुहोस्। तपाईं जहाँ जानुहुनेछ र बस्नुहुनेछ, म त्यहीँ जानेछु र बस्नेछु। तपाईंका कुल-कुटुम्ब मेरा कुल-कुटुम्ब हुनेछन्, तपाईंको परमेश्वर मेरो परमेश्वर हुनुहुनेछ। तपाईं जहाँ मर्नुहुनेछ, म त्यहीँ मर्नेछु र त्यहीँ नै गाडिनेछु। मृत्युबाहेक अरू कुनै कुराले मलाई तपाईंबाट अलग पार्नेछैन, त्यसो भयो भने परमेश्वरको महासराप ममाथि परोस्।” रूथले आफूसँग जाने पक्का सङ्कल्प गरिसकेकी रहिछ भनी बुझेर नाओमीले अरू केही भनिनन्।
रूथ 1 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: रूथ 1:14-18
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू