रोमी 9:8-13
रोमी 9:8-13 सरल नेपाली
यसको अर्थ अब्राहामका सबै सन्तान परमेश्वरका छोरा-छोरी होइनन्। तर परमेश्वरले दिन्छु भनेर प्रतिज्ञा गरेका छोरा-छोरी मात्रै अब्राहामका सन्तान हुन् किनभने परमेश्वरले यसरी प्रतिज्ञा गर्नुभएको थियो, “तोकिएको बेला म आउँदा तिम्री जहान साराको छोरो हुनेछ,।” यति मात्र होइन, रिबेकाले पनि हाम्रा पुर्खा इसहाकबाटै जुम्ल्याहा छोराहरू जन्माइन्। तर जुम्ल्याहाहरू पेटमै हुँदा र तिनीहरूले राम्रो-नराम्रो कुनै काम गर्नुअघि नै परमेश्वरले जुम्ल्याहाहरूमा एक जनालाई चुनेर रिबेकालाई भन्नुभयो, “दाजुचाहिँले भाइको सेवा गर्नेछ।” परमेश्वरले भनेझैँ धर्मशास्त्रमा लेखिएको छ, “मैले याकूबलाई माया र एसावलाई घृणा गरें,।” यसरी परमेश्वरको छान्ने काम मानिसहरूको काम हेरेर होइन तर उहाँको आफ्नो इच्छाअनुसार हुन्छ भनी उहाँले पक्का गर्नुभयो।

