रोमी 9:8-12
रोमी 9:8-12 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यसको अर्थ, शरीरबाट जन्मेकाहरू परमेश्वरका सन्तान होइनन्, तर करारबाट उत्पन्न भएकाहरू नै अब्राहामका सन्तान हुन्। त्यस प्रतिज्ञाले यसो भन्दछ, “तोकिएको समयमा म फर्केर आउनेछु, र साराको एउटा छोरो हुनेछ।” त्यसो मात्र होइन, जब रिबेकाले एउटै पुरुष हाम्रा पुर्खा इसहाकबाट गर्भधारण गरिन्, र जुम्ल्याहा बालकहरू जन्मनु अघिबाटै, तिनीहरूले कुनै असल वा खराब गर्न अघि नै, कर्मले होइन तर उहाँको बोलावटअनुसार परमेश्वरका चुनाउको उद्देश्य ठहरिओस् भनेर रिबेकालाई यसै भनिएको थियो, “जेठोले कान्छाको सेवा गर्नेछ।”
रोमी 9:8-12 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
यसको अर्थ अब्राहामको शरीरबाट जन्मेकाहरू परमेश्वरका सन्तान होइनन्, तर प्रतिज्ञाबाट जन्मेका सन्तानचाहिँ अब्राहामका सन्तान मानिन्छ। किनकि प्रतिज्ञा गर्दा यसरी भनिएको थियो: “ठिक समयमा म फर्किआउनेछु र साराको एउटा छोरा हुनेछ।” यति मात्र होइन, त्यही समयमा रिबेकाले हाम्रा पुर्खा इसहाकद्वारा सन्तान गर्भधारण गरेकी थिइन्। जुम्ल्याहा छोराहरू जन्मनुभन्दा अगि तथा उनीहरूले कुनै असल वा खराब काम गर्नुभन्दा अगि नै चुनावमा परमेश्वरको उद्देश्य पूरा होस् भन्ने अभिप्रायले, कामद्वारा होइन, तर बोलावट गर्नेको इच्छा पूरा होस् भनेर रिबेकालाई यो भनियो, “जेठोले कान्छोको सेवा गर्नेछ।”
रोमी 9:8-12 पवित्र बाइबल (NERV)
यसले बताउँछ अब्राहामका सबै सन्तानहरू परमेश्वरका खास छोरा-छोरीहरू होइनन्। परमेश्वरले अब्राहामलाई प्रतिज्ञाको आधारामा अब्राहामका खास छोरा-छोरीहरू ती हुन् जो परमेश्वरका छोरा-छोरीहरू भए। परमेश्वरले अब्राहमलाई यो प्रतिज्ञा दिनुभएको थियोः “निश्चित समयमा म फर्कने छु अनि साराले एउटा छोरो पाउनेछिन्।” अनि यति मात्र होइन। रिबेकाको पनि छोराहरू थिए। अनि ती छोराहरूका एउटै पिता थिए। उनी हाम्रा पिता पूर्खा इसहाक थिए। तर दुइजना छोराहरू जन्मनू भन्दा अघाडी परमेश्वरले रिबेकालाई भन्नुभयो, “ठूलो छोराले सानालाई सेवा गर्नेछ।” केटाहरू जन्मनु भन्दा र तिनीहरूले राम्रो वा नराम्रो कुनै काम गर्न भन्दा अगाडी यसो भनिएको थियो। आफूले चुनेको केटो आफ्नो योजनाकै आधारमा होस् भन्नालाई परमेश्वरले यसो भन्नुभएको थियो। परमेश्वरकै चाहनाले उनी चुनिएका थिए तर ती केटाहरूले केही गरेको कारणले होइन। त्यो परमेवरको इच्छा थियो।
रोमी 9:8-13 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
यसको अर्थ अब्राहामका सबै सन्तान परमेश्वरका छोरा-छोरी होइनन्। तर परमेश्वरले दिन्छु भनेर प्रतिज्ञा गरेका छोरा-छोरी मात्रै अब्राहामका सन्तान हुन् किनभने परमेश्वरले यसरी प्रतिज्ञा गर्नुभएको थियो, “तोकिएको बेला म आउँदा तिम्री जहान साराको छोरो हुनेछ,।” यति मात्र होइन, रिबेकाले पनि हाम्रा पुर्खा इसहाकबाटै जुम्ल्याहा छोराहरू जन्माइन्। तर जुम्ल्याहाहरू पेटमै हुँदा र तिनीहरूले राम्रो-नराम्रो कुनै काम गर्नुअघि नै परमेश्वरले जुम्ल्याहाहरूमा एक जनालाई चुनेर रिबेकालाई भन्नुभयो, “दाजुचाहिँले भाइको सेवा गर्नेछ।” परमेश्वरले भनेझैँ धर्मशास्त्रमा लेखिएको छ, “मैले याकूबलाई माया र एसावलाई घृणा गरें,।” यसरी परमेश्वरको छान्ने काम मानिसहरूको काम हेरेर होइन तर उहाँको आफ्नो इच्छाअनुसार हुन्छ भनी उहाँले पक्का गर्नुभयो।