रोमी 10:9-11

रोमी 10:9-11 सरल नेपाली

तिमीहरू आफ्‍नो मुखले येशू नै प्रभु हुनुहुन्‍छ भनेर अरूलाई भन्‍छौ भने अनि परमेश्‍वरले उहाँलाई मरेकोबाट बिउँताउनुभयो भनी हृदयमा विश्‍वास गर्छौ भने तिमीहरू बाँच्‍नेछौ किनभने हामी हृदयले विश्‍वास गरेर नै परमेश्‍वरको सामु ठीक ठहरिन्‍छौं अनि विश्‍वास गरेका कुरा आफ्‍नै मुखले अरूलाई सुनाएर बचाइन्‍छौं किनभने धर्मशास्‍त्रले भन्‍छ, “उहाँमा विश्‍वास गर्नेले कहिल्‍यै पनि निराश हुनुपर्नेछैन,।”

रोमी 10 पढ्नुहोस्