भजनसंग्रह 98:1-3

भजनसंग्रह 98:1-3 सरल नेपाली

परमप्रभुलाई एउटा नयाँ भजन गाओ, उहाँले उदेकका कामहरू गर्नुभएको छ! आफ्‍नो शक्ति र पवित्र बलले उहाँले विजय पाउनुभएको छ। परमप्रभुले आफ्‍नो विजयबारे भन्‍नुभयो, उहाँले आफ्‍नो बचाउन सक्‍ने शक्तिबारे जातिहरूलाई जनाउनुभयो। उहाँले विश्‍वासनीय भएर र अनन्‍त प्रेम गरेर इस्राएलका मानिसहरूसँग गर्नुभएको प्रतिज्ञा राख्‍नुभयो। सबै ठाउँका सबै मानिसहरूले हाम्रा परमेश्‍वरको विजय देखेका छन्।

भजनसंग्रह 98 पढ्नुहोस्